मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

राप्ती नदी किनारमा गोहीको आक्रमण, घाँस काट्न गएका ५६ वर्षीय पुरुषको मृत्यु

Main News Image
Mahir News add

चितवन चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ निवासी ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार चोखाल घाँस काट्न नजिकैको हरियाली सामुदायिक वन गएका थिए। घर नफर्किएपछि परिवार तथा स्थानीयवासीले खोजी गरेका थिए।

खोजीका क्रममा आज राप्ती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनको खुट्टाको भाग गोहीले खाएको जस्तो देखिएको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

Mahir News add

सम्बन्धित खबर

बालेन शाह प्रकरणले संसद अवरुद्ध, सभामुख प्रधानमन्त्रीसँग छलफलमा

बालेन्द्र शाह सम्बन्धी विषयलाई लिएर विपक्षी दलहरूले लगातार प्रतिनिधिस...

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने शेखरको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्र्याकबाहिर गएको बताए ।...

सरकारले नयाँ नीति ल्यायो

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

अमरसिंह चोकका अवैध टहरा हटाइयो, महानगरद्वारा डोजर परिचालन

पाेखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोक क्षेत्रका सटर...

धनुषामा बस र अटो रिक्सा ठोक्किँदा ४ जनाको मृत्यु!

मिडियाबाजी डटकम काठमाडौँ ,कात्तिक १६ । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ...

ओरालो लागेकाहरुको एकतामा निकास छैन : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्...