मङ्गल, ०३ चैत २०८२

आकर्षक वैदेशिक रोजगारीको लोभ देखाएर ठगी गर्ने दुई जना पक्राउ

Main News Image

काठमाडौं । वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई आकर्षक तलबको प्रलोभन देखाई रकम असुलेर सम्पर्कविहीन भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ मा बसोबास गर्दै आएका बारा निजगढ नगरपालिका–१३ का ४९ वर्षीय सुरेश गिरी र ललितपुर महालक्ष्मी नगरपालिका–१ निवासी संखुवासभा चैनपुर नगरपालिका–३ का ७० वर्षीय वीरबहादुर श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार सुरेश गिरीले एक जना पीडितलाई टर्कीमा रोजगारीको व्यवस्था गरिदिने आश्वासन दिँदै १ लाख ९० हजार रुपैयाँ लिएका थिए। त्यस्तै, वीरबहादुर श्रेष्ठले बेलायत पठाइदिने भन्दै अर्का एक पीडितबाट २ लाख रुपैयाँ उठाएका थिए। रकम लिएपछि दुवै जना सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले अनुसन्धान अघि बढाएको थियो। सो क्रममा सुरेशलाई काठमाडौं महानगरपालिका–१२ बाट तथा वीरबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका–१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

सम्बन्धित खबर

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

सुर्खेतमा टिपरको ठक्करबाट २३ वर्षीय युवाको मृत्यु, चालक पक्राउ

टिकापुर तालिमका क्रममा बेहोस भएका ६ सशस्त्र प्रहरी उपचारका लागि काठमाडौं ल्याइँदै

कैलालीको टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व

गुल्मीमा भीषण हावाहुरीको कहर : सयौँ परिवार प्रभावित, संसदमा सांसद पन्थीको ध्यानाकर्षण

गुल्मी जिल्लाको मालिका गाउँपालिका मा गएराति आएको आकस्मिक हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राति करिब ८ बजेदेखि ९ बजेको...

विवाद चर्किएपछि एमालेले फिर्ता गर्‍यो मीनबहादुरको जग्गा प्रस्ताव

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ बाट प्राप्त जग्गा सहयोगको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ। सोमबार बसेको सचिवालय...