३९ सेकेन्डमै दुई शक्तिशाली भूकम्प, भेनेजुएलामा ठूलो विनाश
दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला बुधबार साँझ शक्तिशाली ‘सेस्मिक डबल क्लस्टर’ भूकम्पबाट प्रभावित भएको छ। स्थानीय समयअनुसार एक मिनेटभन्दा कम अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएपछि देशका विभिन्न क्षेत्रमा त्रास फैलिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको
३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को मुख्य भूकम्प गएको थियो। भूकम्पको
केन्द्रविन्दु तटीय सहर मोरोन नजिकै र जमिनको सतहबाट केवल १० देखि १३ किलोमिटर
गहिराइमा रहेकाले यसको प्रभाव अत्यन्त तीव्र महसुस गरिएको हो।
राजधानी काराकास सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। धनाढ्य बस्तीका
रूपमा चिनिने ‘अल्टामिरा’ क्षेत्रमा रहेको २२ तले आवासीय भवन पूर्ण रूपमा भत्किएको
छ। त्यसबाहेक दर्जनौं भवन तथा बैंकका शाखा कार्यालयहरूमा पनि क्षति पुगेको छ।
भग्नावशेषमा मानिसहरू फसेको आशंकामा उद्धारकर्मीहरूले तीव्र रूपमा खोज तथा उद्धार
अभियान सञ्चालन गरिरहेका छन्।
काराकासस्थित सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलको छतको एक भाग
भत्किएपछि सम्पूर्ण उडान सेवा बन्द गरिएको छ। भूकम्पपछि राजधानीसहित धेरै सहरमा
विद्युत् आपूर्ति र इन्टरनेट सेवा अवरुद्ध भएको जनाइएको छ।
भूकम्प लगत्तै प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पुएर्टो रिको, भर्जिन आइल्याण्ड र
अरुबालगायत क्यारिबियन क्षेत्रका टापुहरूमा समुद्री लहरको जोखिम औंल्याउँदै सुनामी
अलर्ट जारी गरेको थियो। तर अवस्था सामान्य देखिएपछि करिब एक घण्टापछि उक्त चेतावनी
फिर्ता लिइएको छ।
अधिकारीहरूले थप परकम्पन आउन सक्ने सम्भावना रहेको भन्दै नागरिकलाई सतर्क
रहन आग्रह गरेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
आजदेखि सरकारी कार्यालय समय घट्दै !
मिडियाबाजी डटकम काठमाडौँ, कात्तिक १६। सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय १ घण्टा घट्ने भएको छ ।
बेलायतमा नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला
काठमाण्डौँ । लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको हो । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका योमनको सुतेकै अवस्थामा ज्यान गएको उनीसँगै बस्ने मनोज कुँवरल...
मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ
काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग ग...
किसानलाई मल अभाव नहुने दाबी, सांसदको दबाबपछि खरिद प्रक्रिया तीव्र बनाउन निर्देशन
काठमाडौँ — प्रतिनिधि सभाअन्तर्गत कृषि,
दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन
काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...
आकर्षक वैदेशिक रोजगारीको लोभ देखाएर ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई आकर्षक तलबको प्रलोभन देखाई रकम असुलेर सम्पर्कविहीन भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ मा बसोबास गर्दै आएका बारा निजगढ नगरपालिका–१३ का ४९ वर्षीय सुर...


