दक्षिण एसियामा वन क्षेत्रको उपलब्धतामा नेपाल दोस्रो, बढ्दै छ हरियाली
काठमाडौं । दक्षिण एसियाली मुलुकहरूमध्ये प्राकृतिक वन क्षेत्रको उपलब्धता र व्यवस्थापनका दृष्टिले नेपालले उत्कृष्ट स्थान ओगटेको छ। हालै सार्वजनिक आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल भू–भागको ४६ दशमलव शून्य आठ प्रतिशत क्षेत्र वन तथा बुट्यानले ढाकेको छ।
दक्षिण एसियाका आठ
मुलुकमध्ये भुटान ६९ दशमलव ७१ प्रतिशत वन क्षेत्रका साथ पहिलो स्थानमा रहँदा नेपाल
४६ दशमलव शून्य आठ प्रतिशत वन क्षेत्रसहित दोस्रो स्थानमा रहेको छ। सर्वेक्षणको
विवरणअनुसार श्रीलङ्कामा ३४ दशमलव एक, चीनमा २२ दशमलव ९६, भारतमा २१ दशमलव ७१, बङ्गलादेशमा १२ दशमलव आठ, पाकिस्तानमा चार दशमलव आठ, माल्दिभ्समा दुई दशमलव सात र अफगानिस्तानमा एक
दशमलव नौ प्रतिशत वन क्षेत्र रहेको छ। विश्वको कूल भू–भागको ३२ प्रतिशत भाग वनले
ढाकेको अवस्थामा नेपालको यो उपलब्धि निकै सकारात्मक मानिएको छ।
पछिल्ला दशकहरूमा
नेपालमा वन क्षेत्रको विस्तार निरन्तर भइरहेको छ। सन् १९९० को दशकमा ३९ दशमलव छ
प्रतिशतमा सीमित रहेको वन क्षेत्र सन् २०१५ मा ४४ दशमलव ७४ प्रतिशत र सन् २०१९ मा
४५ दशमलव ३१ प्रतिशत पुगेको थियो। सन् २०२४ सम्म आइपुग्दा यो ४६ दशमलव शून्य आठ
प्रतिशत कायम भएको हो। यसमध्ये कूल भू–भागको ४३ दशमलव ३८ प्रतिशत वन र दुई दशमलव
सात प्रतिशत झाडी तथा बुट्यान क्षेत्र रहेको छ।
वन संरक्षण र
व्यवस्थापनमा नेपालले अपनाएको नीति निकै प्रभावकारी देखिएको छ। देशको कूल
भू–भागमध्ये २३ दशमलव चार प्रतिशत अर्थात् ३४ हजार ४२० वर्ग किलोमिटर क्षेत्र
संरक्षित क्षेत्रका रूपमा रहेको छ भने ११ वन संरक्षण क्षेत्रमार्फत एक लाख ९४ हजार
१५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ।
त्यसैगरी स्थानीय
समुदायको सक्रिय सहभागितामा वनको व्यवस्थापनले थप गति लिएको छ। गत फागुनसम्म २३
हजार १६२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २५ लाख नौ हजार ८२५ हेक्टर वन
क्षेत्रको व्यवस्थापन भएको छ भने ३३ साझेदारी वन उपभोक्ता समूहमार्फत ४४ हजार ३८४
हेक्टर वन क्षेत्रमा सघन व्यवस्थापन भइरहेको छ। यसका अतिरिक्त, मध्यवर्ती तथा संरक्षित क्षेत्रमा ८९९
सामुदायिक वन समूह गठन भई करिब दुई लाख २५ हजार आठ हेक्टर क्षेत्रफल ओगटेका छन्
भने ४८ मध्यवर्ती कबुलियति वनमार्फत थप ५४८ हेक्टर वन क्षेत्रको व्यवस्थापन
भइरहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
एक्सप्रेस
सम्बन्धित खबर
सम्भावना र चुनौतीको दोसाँधमा रेसुङ्गा नगरपालिका वडा नम्बर ६ : व्यावसायिक कृषिको आश, युवा पलायनको त्रास
लुम्बिनी प्रदेश अ...
सुकुम्बासी वस्तीमा दुर्गा प्रसाईंले भने– तपाईंको घर भत्काउन आए बालेनको घर भत्काउन जानूस्
काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन्द्र शाह बालेनलाई सुकुम्बासीको घर भत्काउन आए उनकै घर भत्काइदिने चेतावनी दिएका छन् । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसा...
बेलायतमा नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला
काठमाण्डौँ । लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको हो । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका योमनको सुतेकै अवस्थामा ज्यान गएको उनीसँगै बस्ने मनोज कुँवरल...
जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक
२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।
मंगलबार पार्टी के...
आजदेखि सरकारी कार्यालय समय घट्दै !
मिडियाबाजी डटकम काठमाडौँ, कात्तिक १६। सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय १ घण्टा घट्ने भएको छ ।
गुल्मीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण प्रक्रिया सुस्त
गुल्मी जिल्लाका विभिन्न स्थानीय तहमा भूमिहीन दलित,



