मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

दक्षिण एसियामा वन क्षेत्रको उपलब्धतामा नेपाल दोस्रो, बढ्दै छ हरियाली

Main News Image
Mahir News add

 काठमाडौं । दक्षिण एसियाली मुलुकहरूमध्ये प्राकृतिक वन क्षेत्रको उपलब्धता र व्यवस्थापनका दृष्टिले नेपालले उत्कृष्ट स्थान ओगटेको छ। हालै सार्वजनिक आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल भू–भागको ४६ दशमलव शून्य आठ प्रतिशत क्षेत्र वन तथा बुट्यानले ढाकेको छ।

दक्षिण एसियाका आठ मुलुकमध्ये भुटान ६९ दशमलव ७१ प्रतिशत वन क्षेत्रका साथ पहिलो स्थानमा रहँदा नेपाल ४६ दशमलव शून्य आठ प्रतिशत वन क्षेत्रसहित दोस्रो स्थानमा रहेको छ। सर्वेक्षणको विवरणअनुसार श्रीलङ्कामा ३४ दशमलव एक, चीनमा २२ दशमलव ९६, भारतमा २१ दशमलव ७१, बङ्गलादेशमा १२ दशमलव आठ, पाकिस्तानमा चार दशमलव आठ, माल्दिभ्समा दुई दशमलव सात र अफगानिस्तानमा एक दशमलव नौ प्रतिशत वन क्षेत्र रहेको छ। विश्वको कूल भू–भागको ३२ प्रतिशत भाग वनले ढाकेको अवस्थामा नेपालको यो उपलब्धि निकै सकारात्मक मानिएको छ।

पछिल्ला दशकहरूमा नेपालमा वन क्षेत्रको विस्तार निरन्तर भइरहेको छ। सन् १९९० को दशकमा ३९ दशमलव छ प्रतिशतमा सीमित रहेको वन क्षेत्र सन् २०१५ मा ४४ दशमलव ७४ प्रतिशत र सन् २०१९ मा ४५ दशमलव ३१ प्रतिशत पुगेको थियो। सन् २०२४ सम्म आइपुग्दा यो ४६ दशमलव शून्य आठ प्रतिशत कायम भएको हो। यसमध्ये कूल भू–भागको ४३ दशमलव ३८ प्रतिशत वन र दुई दशमलव सात प्रतिशत झाडी तथा बुट्यान क्षेत्र रहेको छ।

वन संरक्षण र व्यवस्थापनमा नेपालले अपनाएको नीति निकै प्रभावकारी देखिएको छ। देशको कूल भू–भागमध्ये २३ दशमलव चार प्रतिशत अर्थात् ३४ हजार ४२० वर्ग किलोमिटर क्षेत्र संरक्षित क्षेत्रका रूपमा रहेको छ भने ११ वन संरक्षण क्षेत्रमार्फत एक लाख ९४ हजार १५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ।

त्यसैगरी स्थानीय समुदायको सक्रिय सहभागितामा वनको व्यवस्थापनले थप गति लिएको छ। गत फागुनसम्म २३ हजार १६२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २५ लाख नौ हजार ८२५ हेक्टर वन क्षेत्रको व्यवस्थापन भएको छ भने ३३ साझेदारी वन उपभोक्ता समूहमार्फत ४४ हजार ३८४ हेक्टर वन क्षेत्रमा सघन व्यवस्थापन भइरहेको छ। यसका अतिरिक्त, मध्यवर्ती तथा संरक्षित क्षेत्रमा ८९९ सामुदायिक वन समूह गठन भई करिब दुई लाख २५ हजार आठ हेक्टर क्षेत्रफल ओगटेका छन् भने ४८ मध्यवर्ती कबुलियति वनमार्फत थप ५४८ हेक्टर वन क्षेत्रको व्यवस्थापन भइरहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

 

 

Mahir News add

सम्बन्धित खबर

ओलीलगायतको राहदानी रोक्का र स्थानहद विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित स्थाबभन्दा बाहिर जान रोक लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा...

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

खानेपानीमा कर खारेजी र विद्युत् महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन

उपभोक्ता अधिकारकर्मीहरूले खानेपानीमा लगाइएको कर हटाउन तथा विद्युत् मह...

अमरसिंह चोकका अवैध टहरा हटाइयो, महानगरद्वारा डोजर परिचालन

पाेखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोक क्षेत्रका सटर...

विषादी मिसिएको पानीले कुलेखानीमा घट्यो माछा उत्पादन

हेटौंडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय ९इन्द्रसरोवर० मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गर...