रिट दर्ता अवरोधको विरोधमा नेपाल बारको प्रदर्शन, दिउँसै लालटिन बाल्ने निर्णय
काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै विरोध कार्यक्रम घोषणा गरेको छ । बारले न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान सँग भेटघाटपछि बसेको बारको बैठकले सर्वोच्च अदालत प्रशासनबाट “अनपेक्षित गतिविधि र हर्कत” भएको निष्कर्ष निकालेको जनाएको छ ।
बारका महासचिव केदार कोइराला का अनुसार बार परिसरमा कानुन व्यवसायीहरूको उपस्थितिमा न्यायिक प्रक्रिया पारदर्शी बनाउन दबाबस्वरूप विरोध कार्यक्रम गर्न लागिएको हो ।
बारले सर्वोच्च अदालतमा दर्ताका लागि पुगेका रिट निवेदनहरू प्रशासनबाटै दरपीठ गरी फिर्ता पठाइएकाले न्याय प्राप्तिको मार्ग अवरुद्ध भएको ठहर गरेको छ । संविधान, न्याय प्रशासन ऐन र सर्वोच्च अदालत नियमावलीअनुसार कामु प्रधानन्यायाधीशबाट दर्ता गर्न आदेश दिइएको निवेदनसमेत प्रशासनले कार्यान्वयन नगरेको जानकारी आएको बारको भनाइ छ ।
यस्तै, प्रतिनिधिसभामा अदालतमा विचाराधीन विषयलाई लिएर केही सांसदहरूले दिएको अभिव्यक्तिप्रति पनि बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारले संविधानको धारा १०५ अनुसार विचाराधीन विषयमा संसदमा छलफल गर्न बन्देज रहेकाले त्यसको पालना हुनुपर्ने उल्लेख गरेको छ ।
बारले जेठ ५ गते दिउँसो १:१५ बजे नेपाल बार परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गरिने जनाएको छ । साथै प्रशासनको व्यवहारलाई “असाधारण र अप्राकृतिक” भन्दै यस्तो गतिविधि न्याय प्रणालीका लागि ऐतिहासिक भूलका रूपमा अभिलेखित हुने चेतावनी दिएको छ ।
साथै, संसदमा आएका विवादास्पद अभिव्यक्तिहरू संसदीय अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्याल को ध्यानाकर्षण गराइएको पनि बारले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
एमालेमा हलचल, तर खुल्न डर
पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट...
आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने शेखरको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्र्याकबाहिर गएको बताए ।...
उज्यालोको पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु
काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्य...
साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात
साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात



