राप्ती नदी किनारमा गोहीको आक्रमण, घाँस काट्न गएका ५६ वर्षीय पुरुषको मृत्यु
चितवन । चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर
महानगरपालिका–२३ निवासी ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन्।
जिल्ला प्रहरी
कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार
चोखाल घाँस काट्न नजिकैको हरियाली सामुदायिक वन गएका थिए। घर नफर्किएपछि परिवार
तथा स्थानीयवासीले खोजी गरेका थिए।
खोजीका क्रममा आज
राप्ती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका
आधारमा उनको खुट्टाको भाग गोहीले खाएको जस्तो देखिएको प्रहरीको भनाइ छ।
घटनाबारे थप
अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
स्वास्थ्य मन्त्रालयमा झण्डै २ अर्ब बेरुजु, आर्थिक अनुशासनमा गम्भीर प्रश्न
महालेखापरीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनले स्वास...
ओलीलगायतको राहदानी रोक्का र स्थानहद विरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित स्थाबभन्दा बाहिर जान रोक लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा...
मालपोत कार्यालय भैरहवाका नासु विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवामा कार्यरत न...
तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल
काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...
बढ्दै डेङ्गुको जोखिम: के हो डेङ्गु, यसका लक्षण र बच्ने उपायहरू के-के हुन्?



