रास्वपाको महाधिवेशन चुनावी सरगर्मी सुरु, सोमबार उम्मेदवारी दर्ता हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली शनिबार राति नै प्रकाशन भइसकेको छ भने प्रतिनिधिहरूको अन्तिम नामावली आइतबार राति ११ बजे सार्वजनिक गरिनेछ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सोमबारदेखि उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुनेछ। दिउँसो १ बजेदेखि उम्मेदवारी फाराम वितरण गरिनेछ भने २ बजेदेखि ४ बजेसम्म उम्मेदवारहरूले मनोनयन दर्ता गर्न सक्नेछन्। सोही दिन साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिने कार्यक्रम छ।
नामावली प्रकाशनपछि साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिनेछ। दाबी–विरोधमाथि साँझ ७ बजेदेखि ९ बजेसम्म छानबिन गरिनेछ। उम्मेदवारले राति ९ः१५ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। अन्तिम उम्मेदवार सूची भने राति ११ बजे सार्वजनिक गरिनेछ।
निर्वाचन तालिकाअनुसार असार ९ गते मंगलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सञ्चालन हुनेछ। पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ। मतदान सम्पन्न भएपछि करिब दुई घण्टाभित्र मतगणना गरी नतिजा सार्वजनिक गरिने आयोगले जनाएको छ। त्यसपछि आवश्यकताअनुसार दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइनेछ।
उम्मेदवारीका लागि आवश्यक योग्यता र शुल्कसमेत आयोगले तोकेको छ। सभापति पदका उम्मेदवारले ५१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ भने एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य हुनेछन्। त्यस्तै, पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ शुल्कसहित एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक तथा २१ जना समर्थकको समर्थन अनिवार्य गरिएको छ।
रास्वपाको पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएकाले पार्टीभित्र चुनावी गतिविधि तीव्र बन्दै गएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल
जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६...
कात्तिक २० गते काठमाडौंमा प्रदर्शन गर्ने विप्लव नेकपाको तयारी
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यही कात्तिक २० गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने भएको छ । सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने छन् । सभा अगाडि र्याली निकाल्ने नेता सन्तोष बुढा...
मतदाता नामावली दर्ताका लागि ५ दिन समय थप
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थपेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिरहेको छ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेको थिय...
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
काठमाडौँ । आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम गरि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भईरहेका रावल नेपाल...
सरकारले दमन गर्यो, हामी सहँदैनौँ : जेनजी प्रतिनिधि
काठमाडौँ । जेनजी प्रतिनिधिहरूले सरकारले शान्तिपूर्ण प्रदर्शनलाई दमन गरेको आरोप लगाउँदै तत्काल थुनिएका साथीहरूको रिहाइ नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । शनिबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका जेनजी...



