मङ्गल, ०३ चैत २०८२

सङ्खुवासभामा पहिरोको कहर : तीन परिवार सुरक्षित स्थानमा सारिए

Main News Image

सङ्खुवासभा लगातारको वर्षासँगै आएको पहिरोले सङ्खुवासभाका विभिन्न क्षेत्रमा जनधन तथा कृषि क्षेत्रमा क्षति पुर्‍याएको छ। पहिरोको जोखिम बढेपछि तीन परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार सभापोखरी गाउँपालिका–१ धुपुका धनबहादुर विश्वकर्मा र शान्तिराम पोखरेलका परिवार पहिरोको उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएका छन्। विश्वकर्माको दुईतले घरको पछाडिको भाग पहिरोले क्षति पुर्‍याएको छ भने पोखरेलको घरसमेत जोखिममा परेको बताइएको छ।

त्यसैगरी खाँदबारी नगरपालिका–६ खानीडाँडाका यारबहादुर तामाङको परिवारलाई पनि सम्भावित जोखिमका कारण घरबाट अन्यत्र सारिएको छ। स्थानीय तह र सुरक्षाकर्मीको समन्वयमा प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

हाल विस्थापित परिवारहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। पहिरोले धुपु क्षेत्रमा कृषियोग्य जमिनसमेत पुरिएको छ। स्थानीय किसान राजन राई, कर्ण राई र अम्बर राईले धान रोपाइँको तयारी गरिरहेको खेत पहिरोले कटान तथा पुरिएको जानकारी प्राप्त भएको छ।

धुपु प्रहरी चौकीबाट खटिएको टोलीले जोखिममा रहेका बासिन्दाको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई निरन्तरता दिएको छ। लगातार वर्षा भइरहेकाले थप सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।



सम्बन्धित खबर

ट्राफिक नियम उल्लंघनमा ५० हजारसम्म जरिवाना प्रस्ताव, ‘दुई वर्षमै सडक ठप्प हुन सक्छ’ : एसएसपी काफ्ले

काठमाडौं — ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई हालको भन्दा निकै कडा आर्थिक दण्डको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले नियम मिच्ने व्यक्तिलाई ५ हजारदे...

मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ

काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग ग...

कात्तिक २ गतेसम्मको बक्यौता नतिरे उद्योगको लाइन काट्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने भएको छ । प्राधिकरणले बक्यौता नतिर्ने...

आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...

पृथ्वीचोकमा महानगरको एक्सन : अतिक्रमित भवनमा डोजर, व्यवसायीले सटर खाली गरे

पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा रहेका अतिक्रमित सं...