मङ्गल, ०३ चैत २०८२

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि मन्त्रालयद्वारा छानबिन समिति गठन

Main News Image

कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले असन्तुष्टि जनाउँदै सडक आन्दोलन थालेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तरपुस्तिका र नतिजा प्रक्रियाको परीक्षण गर्न विशेष समिति गठन गरेको छ।

शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने गरी समिति बनाइएको जानकारी दिएका छन्। समितिले उत्तरपुस्तिकाको नमुना परीक्षण (स्याम्पलिङ) गर्नुका साथै परीक्षाङ्क तथा डेटा इन्ट्री प्रक्रियाको समेत भेरिफिकेसन गर्नेछ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले आन्दोलनरत विद्यार्थीहरूमाथि गरिएका अपमानजनक टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। उनले शान्तिपूर्ण रूपमा विरोध गरिरहेका विद्यार्थी वा समूहप्रति गालीगलौज तथा असम्मानजनक व्यवहार नगर्न सबैलाई आग्रह गरेका छन्।

मन्त्री पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र विश्वसनीय रहेको दाबी गरेका छन्। आवश्यक जनशक्ति परिचालन र प्रशासनिक प्रक्रिया सहज बनाएर समयमै नतिजा सार्वजनिक गरिएको उनको भनाइ छ।

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरू बिहीबार माइतीघरमा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले आफ्नो मेहनतअनुसार अंक प्राप्त नभएको गुनासो गर्दै नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको बताएका छन्।

विद्यार्थीहरूको भनाइमा परीक्षा सम्पन्न भएको ४० दिनमै नतिजा सार्वजनिक गर्ने हतारोका कारण धेरै परीक्षार्थीको नतिजा प्रभावित भएको हुन सक्छ। उनीहरूले नतिजाको पुनः परीक्षण तथा निष्पक्ष छानबिनको माग गरेका छन्।

 

सम्बन्धित खबर

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

ट्राफिक नियम उल्लंघनमा ५० हजारसम्म जरिवाना प्रस्ताव, ‘दुई वर्षमै सडक ठप्प हुन सक्छ’ : एसएसपी काफ्ले

काठमाडौं — ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई हालको भन्दा निकै कडा आर्थिक दण्डको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले नियम मिच्ने व्यक्तिलाई ५ हजारदे...

विवाद चर्किएपछि एमालेले फिर्ता गर्‍यो मीनबहादुरको जग्गा प्रस्ताव

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ बाट प्राप्त जग्गा सहयोगको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ। सोमबार बसेको सचिवालय...

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए । दुर्घटना हुँदा बसमा चेपिएका चालकको उद्ध...

जनमत साहित्य वाटिका महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न !

मिडियाबाजी डटकम काठमाडौँ कात्तिक २६ । ललितपुर । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष ,जनमत साहित्यिक मासिकका प्रधान सम्पादक,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षता एवम्...