कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि मन्त्रालयद्वारा छानबिन समिति गठन
कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले असन्तुष्टि जनाउँदै सडक आन्दोलन थालेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तरपुस्तिका र नतिजा प्रक्रियाको परीक्षण गर्न विशेष समिति गठन गरेको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम
विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने गरी समिति बनाइएको जानकारी दिएका
छन्। समितिले उत्तरपुस्तिकाको नमुना परीक्षण (स्याम्पलिङ) गर्नुका साथै परीक्षाङ्क
तथा डेटा इन्ट्री प्रक्रियाको समेत भेरिफिकेसन गर्नेछ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले आन्दोलनरत
विद्यार्थीहरूमाथि गरिएका अपमानजनक टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका
छन्। उनले शान्तिपूर्ण रूपमा विरोध गरिरहेका विद्यार्थी वा समूहप्रति गालीगलौज तथा
असम्मानजनक व्यवहार नगर्न सबैलाई आग्रह गरेका छन्।
मन्त्री पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया
पारदर्शी र विश्वसनीय रहेको दाबी गरेका छन्। आवश्यक जनशक्ति परिचालन र प्रशासनिक
प्रक्रिया सहज बनाएर समयमै नतिजा सार्वजनिक गरिएको उनको भनाइ छ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा त्रुटि भएको
आरोप लगाउँदै विद्यार्थीहरू बिहीबार माइतीघरमा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले
आफ्नो मेहनतअनुसार अंक प्राप्त नभएको गुनासो गर्दै नतिजा अस्वाभाविक र त्रुटिपूर्ण
रहेको बताएका छन्।
विद्यार्थीहरूको भनाइमा परीक्षा सम्पन्न भएको ४० दिनमै नतिजा सार्वजनिक
गर्ने हतारोका कारण धेरै परीक्षार्थीको नतिजा प्रभावित भएको हुन सक्छ। उनीहरूले
नतिजाको पुनः परीक्षण तथा निष्पक्ष छानबिनको माग गरेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
पाँच एसएसपी डीआईजी बढुवा : सीआईबीमा भुपेन्द्र खत्री
काठमाडौँ । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारि...
सम्भावना र चुनौतीको दोसाँधमा रेसुङ्गा नगरपालिका वडा नम्बर ६ : व्यावसायिक कृषिको आश, युवा पलायनको त्रास
लुम्बिनी प्रदेश अ...
विद्यालयमा आर्थिक अनियमितताको आरोप, अभिभावकद्वारा छानबिनको माग
मोरङ, रमाइलो — मोरङ जिल्लाको रमाइलोस्थित श्री जनसेवा माध्यमिक व...
जनकपुरको जिरोमाइल फलफूल मण्डी विवादः व्यवसायीको दुई महिनाको मोहलत माग, जग्गाधनीको तत्काल खाली गराउने अडान
जनकपुरधामको जिरोमाइलस्थित फलफूल मण्डीका व्यवसायीहरू बजार खाली गराउने प्रक्रियाविरुद्ध धर्नामा बसेका छन्। आँपको सिजन सुरु भइसकेको अवस्थामा वैकल्पिक व्यवस्थाबिनै तत्काल स्थान छाड्न दबाब दिइएको भन्दै उनीहर...
ओलीलगायतको राहदानी रोक्का र स्थानहद विरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित स्थाबभन्दा बाहिर जान रोक लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा...


