कक्षा १२ नतिजामा त्रुटि भएको भन्दै अनेरास्ववियुद्वारा राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन
भक्तपुर — कक्षा १२ को नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै अनेरास्ववियुले छानबिनको माग गर्दै भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेको छ।
शुक्रबार भएको
प्रदर्शनमा अनेरास्ववियुले नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा कमजोरी देखिएको
तथा पुनर्मूल्याङ्कन र रिटोटलिङका लागि प्रभावकारी व्यवस्था नभएको भन्दै
असन्तुष्टि जनाएको हो।
प्रदर्शनका क्रममा
विद्यार्थीहरूले ‘विद्यार्थीमाथि अन्याय बन्द गर’, ‘शिक्षामा
बेतिथी अन्त्य गर’, ‘अनियमितता छानबिन गर’, ‘दोषीलाई कारबाही गर’, ‘शैक्षिक न्याय कायम
गर’ लगायतका नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
अनेरास्ववियुकी
महासचिव अञ्जना शिवाकोटीले शिक्षा क्षेत्रमा सुधारको माग गर्दै परीक्षा बोर्डमा
प्रदर्शन गरिएको बताइन्। उनले नतिजा प्रकाशनमा भएको त्रुटिका कारण विद्यार्थीहरूको
भविष्यमा असर परेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरिन्।
यसैबीच, विद्यार्थीहरूले छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि
गर्ने कर्मचारीमाथि कारबाही गर्नुपर्ने माग पनि अघि सारेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
आगामी चुनाव नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दुको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । विहीबार उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले फागुन २१ को चुनावलाई,...
एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको बताएका छन् । बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उ...
उम्मेदवारबारे आफूखुसी प्रचार नगर्न रास्वपाको निर्देशन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्...
निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छन् । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्...
कांग्रेसले छोड्यो पुस्तान्तरणको बाटो, आगामी चुनाबको टिकट देउवाले नै बाँड्ने
काठमाडौँ । जेनजी विद्रोहपछि पुराना दलहरुमा पुस्तान्तरणको बहस चर्किंदा नेतृत्व हस्तान्तरणका लागि ‘लचिलो’ देखिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समय बित्दै जाँदा शक्ति हस्तान्तरण गर्न अनिच्छुक देखिए...
आजबाट एमालेको ११औं महाधिवेशन, १० हजार स्वयंसेवक परिचालन गरिने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले...


