मङ्गल, ०३ चैत २०८२

कक्षा १२ नतिजामा त्रुटि भएको भन्दै अनेरास्ववियुद्वारा राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन

Main News Image

भक्तपुर — कक्षा १२ को नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै अनेरास्ववियुले छानबिनको माग गर्दै भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेको छ।

शुक्रबार भएको प्रदर्शनमा अनेरास्ववियुले नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा कमजोरी देखिएको तथा पुनर्मूल्याङ्कन र रिटोटलिङका लागि प्रभावकारी व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाएको हो।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘विद्यार्थीमाथि अन्याय बन्द गर’, ‘शिक्षामा बेतिथी अन्त्य गर’, ‘अनियमितता छानबिन गर’, ‘दोषीलाई कारबाही गर’, ‘शैक्षिक न्याय कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

अनेरास्ववियुकी महासचिव अञ्जना शिवाकोटीले शिक्षा क्षेत्रमा सुधारको माग गर्दै परीक्षा बोर्डमा प्रदर्शन गरिएको बताइन्। उनले नतिजा प्रकाशनमा भएको त्रुटिका कारण विद्यार्थीहरूको भविष्यमा असर परेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरिन्।

यसैबीच, विद्यार्थीहरूले छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि गर्ने कर्मचारीमाथि कारबाही गर्नुपर्ने माग पनि अघि सारेका छन्।

 

सम्बन्धित खबर

विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित

जनकपुर । मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए । प्रस्तावक स्वयम अनुपस्थित भएक...

विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त

काठमाडौँ । मधेश प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएका छन् । प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले ५ जनालाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल स...

एमाले बैठकमा देउवाको चर्चा, ओलीको आलोचना

काठमाडौँ । नेकपा एमालेको मंगलबारदेखि केन्द्रीय समिति बैठक जारी छ । बैठकमा केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।उक्त प्रस्तावमाथि केन्द...

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियस...