रोल्पामा दुई वटा सकेट बम फेला, सुरक्षाटोलीद्वारा नियन्त्रणमा
रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा क्षेत्रमा दुई वटा सकेट बम फेला परेका छन्। पाछावाङ खोलामा जाली लगाउनका लागि खन्ने क्रममा मंगलबार बिहान मजदुरहरूले शंकास्पद वस्तु देखेपछि सुरक्षाकर्मीलाई जानकारी गराएका थिए।
सूचना पाएपछि
सूर्यदल गण लिबाङको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। टोलीका प्रमुख सेनानी
ईश्वर थापाका अनुसार प्रारम्भिक जाँचका क्रममा फेला परेका वस्तु सकेट बम भएको पुष्टि
भएको हो।
उनका अनुसार दुवै
बमलाई सुरक्षित रूपमा नियन्त्रणमा लिइसकिएको छ। घटनास्थललाई समेत सुरक्षा
निगरानीमा राखिएको बताइएको छ।
सुरक्षा निकायले
ती बम तत्कालीन माओवादी युद्धकालमा राखिएको हुनसक्ने अनुमान गरेको छ। घटनाबारे थप
अनुसन्धान भइरहेको जनाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
गुल्मीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण प्रक्रिया सुस्त
तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल
काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...
सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : महानिरीक्षक खापुङ
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको...
विद्यालयमा आर्थिक अनियमितताको आरोप, अभिभावकद्वारा छानबिनको माग
मोरङ, रमाइलो — मोरङ जिल्लाको रमाइलोस्थित श्री जनसेवा माध्यमिक व...



