मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

रास्वपा म्याग्दीका तीन पालिकामा नयाँ नेतृत्व चयन, अन्यमा अधिवेशन जारी

Main News Image
Mahir News add

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका ६ स्थानीय तहमध्ये तीन वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ। जिल्ला उपसभापति छवी आचार्यका अनुसार बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका र मङ्गला गाउँपालिकामा पालिका स्तरीय नेतृत्व टुंगो लागेको हो।

जिल्लाका ४५ वडामध्ये हालसम्म २५ वडामा वडा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको पनि उनले जानकारी दिए।

बेनी नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सभापतिमा राजबहादुर केसी चयन भएका छन्। उपसभापतिमा यादव सुवेदी, सचिवमा काशिराम घिमिरे र सहसचिवमा जमुना केसी चयन भएका छन्। कुल ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। अन्य पदहरू सर्वसम्मत भए पनि सभापति पदमा सहमति नजुटेपछि मतदानमार्फत निर्णय गरिएको उपसभापति आचार्यले बताए।

यस्तै, रघुगङ्गा गाउँपालिकाको प्रथम अधिवेशनबाट सभापतिमा डम्मरबहादुर पाण्डे चयन भएका छन्। उपसभापतिमा प्रकाश पाईजा, सचिवमा दलबहादुर कार्की र सहसचिवमा इमाकुमारी शाही रकाल चयन भएका छन्। सो पालिकामा पनि ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ।

मङ्गला गाउँपालिकामा सभापतिमा प्रतिक सुवेदी, उपसभापतिमा मनबहादुर छन्त्याल, सचिवमा हरी आचार्य र सहसचिवमा भिमकली सुनार चयन भएका छन्। अधिवेशनमार्फत जिल्लाबाट ३ जना जिल्ला अधिवेशन प्रतिनिधि, १ जना प्रदेश अधिवेशन प्रतिनिधि र १ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चयन गरिएको पार्टीले जनाएको छ।

अधिवेशन सम्पन्न नभएका अन्नपूर्ण, धवलागिरी र मालिका गाउँपालिकामा जिल्ला अधिवेशनपछि पालिका अधिवेशन गरिने बताइएको छ।

आगामी जेठ २३ गते शनिबार प्रथम जिल्ला अधिवेशन हुने रास्वपाले जनाएको छ। साथै, पार्टीले असार ७, ८ र ९ गते चितवनमा प्रथम केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

 

Mahir News add

सम्बन्धित खबर

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भागेको भनिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का...

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न सात दलको आग्रह

जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको छ । प्रदेश प्रमुख कार्यालयमा आज कांग्रेस, जस...

कृषि आधुनिकीकरण र किसान सम्मान आजको आवश्यकता : राष्ट्रपति रामचन्द्र पौडेल

रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकास र किसानको सम्मानलाई राष्ट्रको...

सञ्चारमन्त्रीद्वारा गोंगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोंगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्ण...

गगन थापालाई प्रतिनिधि सभा निर्वाचनका लागि पाँच जिल्लाबाट सिफारिस, तेह्रथुम र काठमाडौँमा एकल

काठमाडौँ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनको लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पाँच जिल्लाबाट सिफारिस भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उनी तेह्रथुम, काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट...

बिहीबारदेखि माइतीघरमा धर्ना : देशभरका जेनजी एकताबद्ध हुन आह्वान

काठमाडौँ । जेनजी समूहहरूबीच एकता कायम गर्न र शहीदहरूको बलिदान नबिर्सन आग्रह गर्दै शुक्रबार माइतीघर मण्डलमा ‘जेनजी युनाइटेड’ नामक समूहले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा, बालबालिका र शहीद परिवारका सदस्यहरू...