रास्वपा म्याग्दीका तीन पालिकामा नयाँ नेतृत्व चयन, अन्यमा अधिवेशन जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका ६ स्थानीय तहमध्ये तीन वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ। जिल्ला उपसभापति छवी आचार्यका अनुसार बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका र मङ्गला गाउँपालिकामा पालिका स्तरीय नेतृत्व टुंगो लागेको हो।
जिल्लाका ४५ वडामध्ये
हालसम्म २५ वडामा वडा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको पनि उनले
जानकारी दिए।
बेनी नगरपालिकाको
प्रथम नगर अधिवेशनबाट सभापतिमा राजबहादुर केसी चयन भएका छन्। उपसभापतिमा यादव
सुवेदी, सचिवमा काशिराम घिमिरे र सहसचिवमा जमुना
केसी चयन भएका छन्। कुल ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। अन्य पदहरू सर्वसम्मत
भए पनि सभापति पदमा सहमति नजुटेपछि मतदानमार्फत निर्णय गरिएको उपसभापति आचार्यले
बताए।
यस्तै, रघुगङ्गा गाउँपालिकाको प्रथम अधिवेशनबाट सभापतिमा डम्मरबहादुर
पाण्डे चयन भएका छन्। उपसभापतिमा प्रकाश पाईजा,
सचिवमा
दलबहादुर कार्की र सहसचिवमा इमाकुमारी शाही रकाल चयन भएका छन्। सो पालिकामा पनि ९
सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
मङ्गला गाउँपालिकामा
सभापतिमा प्रतिक सुवेदी, उपसभापतिमा मनबहादुर
छन्त्याल, सचिवमा हरी आचार्य र सहसचिवमा भिमकली
सुनार चयन भएका छन्। अधिवेशनमार्फत जिल्लाबाट ३ जना जिल्ला अधिवेशन प्रतिनिधि, १ जना प्रदेश अधिवेशन प्रतिनिधि र १ जना केन्द्रीय महाधिवेशन
प्रतिनिधि पनि चयन गरिएको पार्टीले जनाएको छ।
अधिवेशन सम्पन्न
नभएका अन्नपूर्ण, धवलागिरी र मालिका गाउँपालिकामा जिल्ला
अधिवेशनपछि पालिका अधिवेशन गरिने बताइएको छ।
आगामी जेठ २३ गते
शनिबार प्रथम जिल्ला अधिवेशन हुने रास्वपाले जनाएको छ। साथै, पार्टीले असार ७, ८ र ९ गते चितवनमा
प्रथम केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
एमालेलाई ठीक ढङ्गले चलाउन मेरो उम्मेदवारी : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढङ्गले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन् । महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै भने, ‘म...
कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलन अघि बढाउनुपर्छ : झलनाथ खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै फुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित कम्युनिष्ट पार्टी एकता कार्यक्रममा खनालले अहिले कम्युनिष्ट आन्दोलन...
दल दर्ता गर्दै मिराज ढुंगाना, भोली दिउँसो पत्रकार सम्मेलन गर्ने
काठमाडौँ । जेनजी युवा मिराज ढुंगानाले नयाँ दल दर्ता गर्ने भएका छन् । ढुंगानाले शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरेर दलको नाम घोषणा गर्ने बताएका छन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विद...
मध्यरातमा दुर्गा प्रसाईं पक्राउ
काठमाडौँ । राष्ट्र, राष्ट्रियता तथा धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । मङ्सिर ७ गतेदेखि आन्दोलन थालनी गर्ने घोषणा गरिसक्नुभएका प्रसाईंलाई प्रहरी टोलीले मध्यरातमा भ...
एमालेले घटायो उम्मेदवारी शुल्क, महाधिवेशन प्रतिनिधि छनौटका लागि पाँच बुँदे निर्देशन
काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनको प्रतिनिधि छनौटका लागि पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टीको सङ्गठन विभागले सोमबार साँझ भर्चुअल बैठकमार्फत पाँच बुँदे निर्णय गरेको पार्टी स्थायी कमिटी सदस्य एवं संगठन विभ...
कांग्रेसले छोड्यो पुस्तान्तरणको बाटो, आगामी चुनाबको टिकट देउवाले नै बाँड्ने
काठमाडौँ । जेनजी विद्रोहपछि पुराना दलहरुमा पुस्तान्तरणको बहस चर्किंदा नेतृत्व हस्तान्तरणका लागि ‘लचिलो’ देखिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समय बित्दै जाँदा शक्ति हस्तान्तरण गर्न अनिच्छुक देखिए...


