मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

यथार्थ बजेटतर्फ गण्डकी सरकार, आकार घट्दै कार्यान्वयनमा जोड

Main News Image
Mahir News add

गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीमा सक्रिय बनेको छ। प्रदेशको नीति तथा योजना आयोग तथा अर्थ मन्त्रालयले विज्ञ, सरोकारवाला र सांसदहरूसँग छलफल गर्दै सुझाव संकलन गरिरहेका छन्।

आर्थिक मामिला मन्त्रालयले आगामी वर्षका लागि २८ अर्ब ७० करोड ५६ लाख रुपैयाँको बजेट सीमा तय गरेको छ। पछिल्ला वर्षहरूमा प्रदेश सरकारको बजेट निरन्तर घट्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा करिब ३३ अर्ब रुपैयाँ रहेको बजेट अब २८ अर्बको हाराहारीमा सीमित हुने अनुमान गरिएको छ।

बजेटसम्बन्धी छलफलमा सहभागी सांसदहरूले यथार्थमा आधारित बजेट ल्याउनुपर्नेमा जोड दिएका छन्। विगतमा ठूलो आकारको बजेट घोषणा गरिए पनि कार्यान्वयन कमजोर हुँदा योजना प्रभावित भएको उनीहरूको भनाइ छ।

सार्वजनिक लेखा समितिको बैठकमा समेत बजेटको वास्तविक क्षमता र कार्यान्वयन प्रभावकारितामाथि प्रश्न उठाइएको थियो। समितिका सभापति सुधीरकुमार पौडेल ले प्रदेशको वास्तविक बजेट क्षमता २२ देखि २३ अर्ब रुपैयाँको आसपास मात्रै रहेको दाबी गरेका छन्। उनका अनुसार बजेटको आकार कृत्रिम रूपमा बढाउन आन्तरिक ऋणको शीर्षक प्रयोग गर्ने प्रवृत्ति रोक्न आवश्यक छ।

उनले हरेक वर्ष बजेटमा आन्तरिक ऋणको व्यवस्था गरिए पनि व्यवहारमा ऋण संकलन हुन नसकेको बताए। प्रदेशसँग स्पष्ट ऋणसम्बन्धी कानुनी संरचना नहुँदा यस्तो शीर्षक हटाउनुपर्ने धारणा सांसदहरूले राखेका छन्।

पूर्वमन्त्री तथा सांसद बेदबहादुर गुरुङ ले पनि बजेट निर्माण यथार्थ धरातलमा आधारित हुनुपर्ने बताएका छन्। उनले अपेक्षा धेरै देखाएर कार्यान्वयन गर्न नसक्दा सरकारप्रति आलोचना बढिरहेको उल्लेख गरे। उनका अनुसार बहुवर्षीय तथा गौरवका आयोजनामा केन्द्रित लगानी गरे सीमित बजेटबाट पनि प्रदेशको विकास सम्भव छ।

गण्डकी प्रदेशको बजेट खुम्चिनुको मुख्य कारण संघीय अनुदानमा आएको कमी मानिएको छ। साथै प्रदेशको आन्तरिक राजस्व संकलन क्षमता पनि कमजोर बन्दै गएको छ।

प्रदेश सरकारका मन्त्रीहरूले समेत वास्तविक बजेट क्षमता २२ देखि २४ अर्ब रुपैयाँ मात्रै भए पनि अनावश्यक रूपमा आकार बढाउने अभ्यास भएको स्वीकार गरेका छन्। नीति तथा योजना आयोगले आगामी बजेट निर्माणमा वित्तीय अनुशासन कायम गर्दै पुराना तथा दायित्व सिर्जना भइसकेका आयोजनालाई प्राथमिकतामा राख्न सुझाव दिएको छ।

 

Mahir News add

सम्बन्धित खबर

सिंहदरबारका अस्थायी चमेना गृह हटाइँदै

काठमाडौं । सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह हटाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलपछि संघीय सचिव...

सीमा विवादले उग्र रूप लिँदा चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकाबीच सीमा क्...

दक्षिणपूर्वी एसियाबाट ६८७ नेपालीको उद्धार, थप नागरिक अझै जोखिममा

प्रधानमन्त्रीको अनुपस्थितिमा फेरि संसद अवरुद्ध

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...

महत्वपूर्ण भवन जोगाउन नसकेका सेनाका कमाण्डर अनुसन्धानका लागि हेडक्वार्टरमा

काठमाडौँ । नेपाली सेनाले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहितका महत्वपूर्ण भवनहरू जोगाउन नसकिएको घटनामा अनुसन्धान गर्न त्यहाँ खटिएका सैनिक कमाण्डरलाई हेडक्वार्टर बोलाएको छ । सैनिक मुख्यालयले नेपाली सेनाका ३ जना कमाण्डरलाई अनुसन्धानका लागि झिकाएको...