मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

हुम्लाको नेप्का गाउँमा बाढी–पहिरोको वितण्डा, विद्यालयदेखि खेतीबालीसम्म व्यापक क्षति

Main News Image

अडियोमा सुन्नुहोस्

Mahir News add

हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा मंगलबार राति आएको बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। असिना र भारी वर्षासहित आएको बाढीले स्थानीयवासीका गोठ, विद्यालय भवन तथा खेतीयोग्य जमिनमा व्यापक असर गरेको स्थानीयले बताएका छन्।

स्थानीय छक्कबहादुर तामाङका अनुसार बाढीले डाँफे आधारभूत विद्यालयका भवनमा क्षति पुर्‍याउनुका साथै करिब १५ रोपनी खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट गरेको छ। वडा नम्बर ५ का वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठ पहिरोले पुरिँदा ठूलो संख्यामा भेँडा–बाख्रा क्षति भएका छन्।

वडाध्यक्ष तामाङका अनुसार पहिरोले विद्यालयका तीन वटा भवन भत्काएको छ भने धनसिंह तामाङको बाख्रागोठ बगाउँदा ९३ वटा बाख्रा हराएका छन्। त्यस्तै, करिब ७० घरधुरीले लगाएको अन्नबाली पूर्ण रूपमा नष्ट भएको जनाइएको छ।

बाढीले खानेपानी आयोजनामा समेत क्षति पुर्‍याएको छ। ८ हजार घनमिटर क्षमताको पानी ट्यांकी र करिब ७ मिटर पाइप बगाएको स्थानीयले बताएका छन्। साथै, कादुरी संस्थाले निर्माण गरेको माइक्रोहाइड्रो आयोजनाको मुहान पनि बाढीले बगाएको छ।

डाँफे आधारभूत विद्यालय का प्रधानाध्यापक बलि तामाङका अनुसार विद्यालयको पाँच कोठे भवन पूर्ण रूपमा भत्किँदा कम्प्युटर, प्रिन्टर लगायतका शैक्षिक सामग्री नष्ट भएका छन्।

घटनापछि प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको नेतृत्वमा बुधबार अनुगमन टोली प्रभावित क्षेत्रमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी शंकर खड्काका अनुसार सदरमुकाम सिमकोटबाट फिस्टेल हेलिकोप्टरमार्फत नेप्का पुगेर स्थलगत निरीक्षण गरिएको हो। अनुगमनका क्रममा बाढी–पहिरोले स्थानीयको जीविकोपार्जनमै गम्भीर असर पारेको देखिएको उनले बताए।

प्रहरी मुचुल्का टोलीसमेत दुर्गम भूगोलका कारण घटनास्थल पुग्न करिब ६ घण्टा लागेको बताइएको छ। गाउँपालिका केन्द्र पिप्लाङभन्दा टाढा रहेको नेप्का गाउँ पुग्न अझै पनि लामो पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

 

Mahir News add

सम्बन्धित खबर

दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन

काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, मधेश...

गुल्मीका स्थानीय तहमा बेरुजु : धुर्कोट शून्य, मुसिकोट सबैभन्दा बढी

खगेन्द्रलाई तोकियो पचास हजार धरौटी!

मिडियाबाजी डटकम काठमाडौँ कात्तिक १३ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।

अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिह...

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

बेलायतमा नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला

काठमाण्डौँ । लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको हो । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका योमनको सुतेकै अवस्थामा ज्यान गएको उनीसँगै बस्ने मनोज कुँवरल...