रास्वपा महाधिवेशनः ९९ केन्द्रीय सदस्यका लागि मतदान सम्पन्न, केही घण्टामै नतिजा सार्वजनिक हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार अबको करिब दुई घण्टाभित्र मतगणनाको नतिजा सार्वजनिक गरिने तयारी गरिएको छ।
९९ सदस्यीय केन्द्रीय
समितिको चयनका लागि पहिलो चरणको निर्वाचनमा कुल ३७९ जना उम्मेदवार चुनावी
प्रतिस्पर्धामा उत्रिएका छन्। तीमध्ये २१० जनाले खुला कोटाबाट उम्मेदवारी दिएका
छन् भने १७४ जनाले भूगोलतर्फबाट प्रतिस्पर्धा गरिरहेका छन्।
भूगोलतर्फ सातै
प्रदेशबाट समान रूपमा पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था
गरिएको छ। यसअनुसार प्रदेशतर्फ ३५ जना चयन हुनेछन्। खुलातर्फ भने ६४ पदका लागि २१०
उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ।
प्रदेशगत उम्मेदवारी
हेर्दा सुदूरपश्चिममा १८, मधेसमा २०, कोशीमा २०, वाग्मतीमा २७, गण्डकीमा २७, लुम्बिनीमा ३१ तथा
कर्णालीमा ३१ जनाले उम्मेदवारी दिएका छन्।
केन्द्रीय सदस्यहरूको
अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै पार्टी पदाधिकारी चयनका लागि दोस्रो चरणको
निर्वाचन कार्यतालिका घोषणा गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
एमाले केन्द्रीय कार्यालयमा कार्यकर्ताबीच हात हालाहाल
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार पार्टी कार्यकर्ताबीच हात हालाहालको स्थिति सिर्जना भएको छ । आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तु...
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् । कतार...
यात्रा टुगिँदै गर्दा हामी एक हिसाबले खुशी नै छौं : रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी बिघटन भ...
जिम्मेवारीबाट हटाइए रास्वपाका प्रदेश इन्चार्ज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचन केन्द्रित गतिविधिको लागि इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई जिम्मेवारीबा...
रास्वपाद्वारा समानुपातिक उम्मेदवारका लागि आवेदकको नाम सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फ उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन दिएकाहरुको नामावली सार्वजनिक गरेको छ । रास्वपाले सातवटै प्रदेशमा प्राप्त नामावली फेसबुक पेजमार्फत् सार्वजनिक गरेको हो ।
सार्वजनिक नामावलीअन...
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन : मन्त्री गुप्ता
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेव...


