मङ्गल, ०३ चैत २०८२

रास्वपा महाधिवेशनः ९९ केन्द्रीय सदस्यका लागि मतदान सम्पन्न, केही घण्टामै नतिजा सार्वजनिक हुने

Main News Image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार अबको करिब दुई घण्टाभित्र मतगणनाको नतिजा सार्वजनिक गरिने तयारी गरिएको छ।

९९ सदस्यीय केन्द्रीय समितिको चयनका लागि पहिलो चरणको निर्वाचनमा कुल ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। तीमध्ये २१० जनाले खुला कोटाबाट उम्मेदवारी दिएका छन् भने १७४ जनाले भूगोलतर्फबाट प्रतिस्पर्धा गरिरहेका छन्।

भूगोलतर्फ सातै प्रदेशबाट समान रूपमा पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। यसअनुसार प्रदेशतर्फ ३५ जना चयन हुनेछन्। खुलातर्फ भने ६४ पदका लागि २१० उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ।

प्रदेशगत उम्मेदवारी हेर्दा सुदूरपश्चिममा १८, मधेसमा २०, कोशीमा २०, वाग्मतीमा २७, गण्डकीमा २७, लुम्बिनीमा ३१ तथा कर्णालीमा ३१ जनाले उम्मेदवारी दिएका छन्।

केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै पार्टी पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्यतालिका घोषणा गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।

 

सम्बन्धित खबर

तोकिएको समयमा निर्वाचन गर्न नसके सरकारको औचित्य सकिन्छ : बर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले फागुन २१ गते तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित होटल मजदुर आन्दोलनको दर्पण सार्वजनिकरण...

ईश्वर पोखरेलको फरक दस्ताबेज प्रतिनिधिलाई बाँड्न दिइने

काठमाडौँ । एमालेको भावी अध्यक्ष पदका लागि लड्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणा पत्र महाधिवेशनका प्रतिनिधिहरुलाई वितरण गर्न दिने सहमति बनेको छ । च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलको फरक दस्ताबेज...

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया आज बिहान ८ बजेबाट शुरु हुँदैछ । मंगलबार मतदान हुने भनिएपनि पटक(पटक समय परिवर्तन गरेर अन्तिम समयमा स्थगित गरिएको हो ।

आध्यात्मिक जीवनशैली मानसिक स्वास्थ्य सुधारका लागि उपयोगी हुन्छ – स्वास्थ्यमन्त्री डा गौतम

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताएकी छिन् । तरङ्गीनि फाउण्डेशनले आ...

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरूसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले आगामी फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न तथा मुलुकमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्...

दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै

काठमाडौँ । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज औपचारिक घोषण सभा गरिँदैछ । घोषणा सभा दमकको आदिवासी रङ्गशालामा हुन लागेको राष्ट्रिय परिवर्तन पा...