मङ्गल, ०३ चैत २०८२

रघुगङ्गा गाउँपालिकाको कडाइ: अवैध क्रसर उद्योग एक महिनाभित्र हटाउन निर्देशन

Main News Image

म्याग्दी, १२ असार — रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई हटाउन सार्वजनिक सूचना जारी गर्दै कडा निर्देशन दिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलका अनुसार कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिइएको छ। यदि तोकिएको समयसीमाभित्र उद्योग तथा उपकरणहरू नहटाइएमा कानुनी कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो।

पालिकाले जलविद्युत् तथा विकास आयोजनाका लागि अनुमति प्राप्त गरेका बाहेक अन्य क्रसर उद्योगहरूले नदीजन्य सामग्रीको अवैध उत्खनन र प्रयोग गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने जनाएको छ।

असार ११ गतेदेखि लागू हुने गरी जारी गरिएको निर्देशनअनुसार एक महिनाभित्र क्रसर उद्योग तथा उपकरणहरू नहटाइए कडा कदम चालिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार हाल पालिकाभित्र पाँच वटा क्रसर उद्योग सञ्चालनमा छन्। तीमध्ये राहुघाट जलविद्युत् आयोजनाको चमेरे र बाँध निर्माणस्थल तथा मोना हाइड्रोपावर र चितवन इनर्जीले घ्याँसीखर्कमा सञ्चालन गरेका क्रसर उद्योगहरू कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका छन्।

अध्यक्ष भण्डारीले अवैध क्रसर उद्योगहरूले नदीजन्य सामग्रीको चोरी निकासी गर्दै राजस्वमा समेत हानि पुर्‍याएको भन्दै तिनलाई नियन्त्रण गर्न गाउँपालिका सक्रिय बनेको बताउनुभयो।

 

सम्बन्धित खबर

दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन

काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...

तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल

काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...

देवधार खोलाको दहमा डुबेर १४ वर्षीया आयुसाको दुःखद निधन

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु भएको छ।

अमरसिंह चोकका अवैध टहरा हटाइयो, महानगरद्वारा डोजर परिचालन

पाेखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोक क्षेत्रका सटर...

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक फेरि स्थगित, शनिबार बिहान ११ बजे बस्ने

ऐतिहासिक रेकर्डमा सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार सु...