रघुगङ्गा गाउँपालिकाको कडाइ: अवैध क्रसर उद्योग एक महिनाभित्र हटाउन निर्देशन
म्याग्दी, १२ असार — रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई हटाउन सार्वजनिक सूचना जारी गर्दै कडा निर्देशन दिएको छ।
गाउँपालिकाका प्रमुख
प्रशासकीय अधिकृत कुलराज पौडेलका अनुसार कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा
रहेका सबै क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिइएको छ। यदि तोकिएको
समयसीमाभित्र उद्योग तथा उपकरणहरू नहटाइएमा कानुनी कारबाही गरिने उहाँले स्पष्ट
पार्नुभयो।
पालिकाले जलविद्युत्
तथा विकास आयोजनाका लागि अनुमति प्राप्त गरेका बाहेक अन्य क्रसर उद्योगहरूले
नदीजन्य सामग्रीको अवैध उत्खनन र प्रयोग गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने
जनाएको छ।
असार ११ गतेदेखि लागू
हुने गरी जारी गरिएको निर्देशनअनुसार एक महिनाभित्र क्रसर उद्योग तथा उपकरणहरू
नहटाइए कडा कदम चालिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो।
गाउँपालिकाका अध्यक्ष
भवबहादुर भण्डारीका अनुसार हाल पालिकाभित्र पाँच वटा क्रसर उद्योग सञ्चालनमा छन्।
तीमध्ये राहुघाट जलविद्युत् आयोजनाको चमेरे र बाँध निर्माणस्थल तथा मोना
हाइड्रोपावर र चितवन इनर्जीले घ्याँसीखर्कमा सञ्चालन गरेका क्रसर उद्योगहरू कानुनी
प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका छन्।
अध्यक्ष भण्डारीले
अवैध क्रसर उद्योगहरूले नदीजन्य सामग्रीको चोरी निकासी गर्दै राजस्वमा समेत हानि
पुर्याएको भन्दै तिनलाई नियन्त्रण गर्न गाउँपालिका सक्रिय बनेको बताउनुभयो।
एक्सप्रेस
सम्बन्धित खबर
आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने
काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...
धनुषामा बस र अटो रिक्सा ठोक्किँदा ४ जनाको मृत्यु!
मिडियाबाजी डटकम काठमाडौँ ,कात्तिक १६ । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ ।
अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ...
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
अनिश्चित विश्व अर्थतन्त्रबीच नेपालमा ३.८५ प्रतिशत आर्थिक वृद्धि अनुमान
काठमाडौं । विश्व अर्थतन्त्र सुस्त बन्दै गएको र विभिन्न क्षेत्रीय द्वन...


