मङ्गल, ०३ चैत २०८२

भारतीय कारमा नेपाली नम्बर प्लेट टाँसेर गुड्दै थिए, भेडेटारमा पक्राउ

Main News Image

धनकुटामा भारतीय दर्ताको सवारी साधनमा अवैध रूपमा नेपाली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, जोगबनी थाना अन्तर्गत अमोना पञ्चायत–२१ मिरगञ्ज निवासी २२ वर्षीय नन्दुकुमार चौधरी रहेका छन्। उनलाई धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कोशी लोकमार्गमा सवारी चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले धरानतर्फ जाँदै गरेका सवारी साधनहरूको नियमित जाँच गर्ने क्रममा चौधरीले चलाइरहेको सेतो रंगको कारमाथि शंका गरी परीक्षण गरेको थियो। जाँचका क्रममा उक्त कारको वास्तविक भारतीय नम्बर BR AG 6702 रहेको खुलेको प्रहरीले जनाएको छ।

तर, सो भारतीय नम्बर प्लेटमाथि प्रदेश १–०१–००१ च ९२९४ नम्बरको नेपाली प्लेट राखेर सवारी सञ्चालन गरिएको भेटिएपछि चालकलाई नियन्त्रणमा लिइएको धनकुटा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि यातायात व्यवस्था सेवा कार्यालय, धनकुटामा पठाएको छ। घटना सम्बन्धी कारबाही यातायात व्यवस्था ऐन, २०४९ अनुसार अघि बढाइएको प्रहरीले जनाएको छ।



सम्बन्धित खबर

३९ सेकेन्डमै दुई शक्तिशाली भूकम्प, भेनेजुएलामा ठूलो विनाश

दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला बुधबार साँझ शक्तिशाली ‘सेस्मिक डबल क्लस्टर’ भूकम्पबाट प्रभावित भएको छ। स्थानीय समयअनुसार एक मिनेटभन्दा कम अन्तरालमा दुईवटा शक्तिशाली भ...

महत्वपूर्ण भवन जोगाउन नसकेका सेनाका कमाण्डर अनुसन्धानका लागि हेडक्वार्टरमा

काठमाडौँ । नेपाली सेनाले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहितका महत्वपूर्ण भवनहरू जोगाउन नसकिएको घटनामा अनुसन्धान गर्न त्यहाँ खटिएका सैनिक कमाण्डरलाई हेडक्वार्टर बोलाएको छ । सैनिक मुख्यालयले नेपाली सेनाका ३ जना कमाण्डरलाई अनुसन्धानका लागि झिकाएको...

पृथ्वीचोकमा महानगरको एक्सन : अतिक्रमित भवनमा डोजर, व्यवसायीले सटर खाली गरे

पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा रहेका अतिक्रमित सं...

खानेपानीमा कर खारेजी र विद्युत् महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन

उपभोक्ता अधिकारकर्मीहरूले खानेपानीमा लगाइएको कर हटाउन तथा विद्युत् मह...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...