सङ्खुवासभामा पहिरोको कहर : तीन परिवार सुरक्षित स्थानमा सारिए
सङ्खुवासभा । लगातारको वर्षासँगै आएको पहिरोले सङ्खुवासभाका विभिन्न क्षेत्रमा जनधन तथा कृषि क्षेत्रमा क्षति पुर्याएको छ। पहिरोको जोखिम बढेपछि तीन परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार सभापोखरी गाउँपालिका–१ धुपुका धनबहादुर विश्वकर्मा र शान्तिराम पोखरेलका परिवार पहिरोको उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएका छन्। विश्वकर्माको दुईतले घरको पछाडिको भाग पहिरोले क्षति पुर्याएको छ भने पोखरेलको घरसमेत जोखिममा परेको बताइएको छ।
त्यसैगरी खाँदबारी नगरपालिका–६ खानीडाँडाका यारबहादुर तामाङको परिवारलाई पनि सम्भावित जोखिमका कारण घरबाट अन्यत्र सारिएको छ। स्थानीय तह र सुरक्षाकर्मीको समन्वयमा प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
हाल विस्थापित परिवारहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। पहिरोले धुपु क्षेत्रमा कृषियोग्य जमिनसमेत पुरिएको छ। स्थानीय किसान राजन राई, कर्ण राई र अम्बर राईले धान रोपाइँको तयारी गरिरहेको खेत पहिरोले कटान तथा पुरिएको जानकारी प्राप्त भएको छ।
धुपु प्रहरी चौकीबाट खटिएको टोलीले जोखिममा रहेका बासिन्दाको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई निरन्तरता दिएको छ। लगातार वर्षा भइरहेकाले थप सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
धर्म वा समुदायलाई होच्याउने आशय नरहेको प्रधानमन्त्री कार्कीको स्पष्टीकरण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जाल ९फेसबुक० मार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको...
रिट दर्ता अवरोधको विरोधमा नेपाल बारको प्रदर्शन, दिउँसै लालटिन बाल्ने निर्णय
काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै विरोध कार्यक्रम घोषणा गरेको छ । बारले न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने...
मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ
काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग ग...
तुलसीपुरमा दुःखद दुर्घटना : टिप्परको ठक्करबाट बाबुछोराको ज्यान गयो
दाङको तुलसीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएक...
नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए । दुर्घटना हुँदा बसमा चेपिएका चालकको उद्ध...



