मङ्गल, ०३ चैत २०८२

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक फेरि स्थगित, शनिबार बिहान ११ बजे बस्ने

Main News Image

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर स्थगित गरिएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक अब शनिबार बिहान ११ बजेका लागि सारिएको छ।

प्रतिनिधिसभा सचिवालयले जारी गरेको सूचनाअनुसार विशेष कारणवश तोकिएको समयमा बैठक सञ्चालन गर्न नसकिने भएपछि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेका हुन्।

बैठक स्थगित हुनुको प्रमुख कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको कार्यतालिका लम्बिनु रहेको बताइएको छ। त्यसकै प्रभावका कारण प्रतिनिधिसभाको नियमित बैठक प्रभावित भएको हो।

सम्बन्धित खबर

कञ्चनपुरमा विपद् पूर्वतयारी: महाकाली नदीमा सेनाद्वारा ‘अभ्यास मनसुन–६’ सम्पन्न

सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : महानिरीक्षक खापुङ

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको...

गुल्मीका स्थानीय तहमा बेरुजु : धुर्कोट शून्य, मुसिकोट सबैभन्दा बढी

जनकपुरको जिरोमाइल फलफूल मण्डी विवादः व्यवसायीको दुई महिनाको मोहलत माग, जग्गाधनीको तत्काल खाली गराउने अडान

जनकपुरधामको जिरोमाइलस्थित फलफूल मण्डीका व्यवसायीहरू बजार खाली गराउने प्रक्रियाविरुद्ध धर्नामा बसेका छन्। आँपको सिजन सुरु भइसकेको अवस्थामा वैकल्पिक व्यवस्थाबिनै तत्काल स्थान छाड्न दबाब दिइएको भन्दै उनीहर...