मङ्गल, ०३ चैत २०८२

यसै वर्षबाट हेटौँडा कपडा र बुटवल धागो उद्योग पुनः सञ्चालन हुने

Main News Image

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले लामो समयदेखि रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योगबुटवल धागो उद्योगलाई चालु आर्थिक वर्षभित्र पुनः सञ्चालनमा ल्याइने बताएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको बजेट शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कुमारीले कपडा तथा धागो उद्योगको पुनरुत्थानसँगै कपास खेतीको विस्तारलाई पनि समानान्तर रूपमा अघि बढाइने जानकारी दिइन्।

उनले हेटौँडा कपडा उद्योगलाई प्राथमिकताका साथ पुनः सञ्चालन गरिने उल्लेख गर्दै कपडा उत्पादन, धागो उद्योग र कपास खेतीबीचको आपूर्ति शृङ्खला सुदृढ बनाउन सरकार केन्द्रित रहेको बताइन्।

“रुग्ण उद्योगमध्ये हेटौँडा कपडा उद्योग सबैभन्दा पहिले सञ्चालनमा आउनेछ। कपडा र धागो उद्योगसँगै कपास खेतीलाई पनि अगाडि बढाउन आवश्यक छ। यी दुवै उद्योग यही वर्ष सञ्चालनमा ल्याइनेछन्,” मन्त्री कुमारीको भनाइ उद्धृत गर्दै उनले बताइन्।

मन्त्री कुमारीले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने सरकारी योजना पनि कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जानकारी दिँदै ऊर्जा क्षेत्रको आयात निर्भरता घटाउन यसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्।

सम्बन्धित खबर

सर्वोच्चले माग्यो प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । राजदूत फिर्ता सम्बन्धी आदेश पालना नगरेको भन्दै अधिवक्ता डा। प्रेमराज सिलवालले प्रधानमन्त्र...

अध्यक्ष ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन्...