मङ्गल, ०३ चैत २०८२

विद्यालयबाट घर फर्कंदै गरेका दुई बालकलाई भेलले बगायो, एकको मृत्यु, अर्का अझै बेपत्ता

Main News Image

प्युठानको नौबहिनी गाउँपालिका–५ डाम्री काँटेमा वर्षासँगै आएको आकस्मिक बाढीले दुई बालकलाई बगाउँदा एक जनाको ज्यान गएको छ भने अर्का बालक अझै बेपत्ता रहेका छन्।

स्थानीय याम बहादुर खत्रीका दुई छोरा, कक्षा १ मा अध्ययनरत करिब ७ वर्षीय बिमल खत्री र कक्षा ३ मा अध्ययनरत ११ वर्षीय मिलन खत्री विद्यालयबाट घर फर्किने क्रममा जोगीपँधेरा बर्खे खोलामा आएको भीषण भेलमा परेका हुन्। उनीहरू श्री जनता प्राथमिक विद्यालय, नौबहिनी गाउँपालिका–५ काँटेबाट दिउँसो विद्यालय छुट्टी भएपछि घरतर्फ जाँदै गर्दा अचानक परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाएको बताइएको छ।

दुवै दाजुभाइलाई बाढीले बगाएपछि स्थानीयवासीले खोजी थालेका थिए। खोजीका क्रममा कान्छो छोरा बिमल खत्रीको शव फेला परेको छ भने जेठा छोरा मिलन खत्रीको अवस्था अझै अज्ञात छ। उनको खोजी तथा उद्धार कार्य स्थानीयवासी तथा सम्बन्धित निकायको सक्रियतामा जारी रहेको जनाइएको छ।

घटनाले खत्री परिवारलाई गहिरो शोकमा डुबाएको छ। बालकहरूका पिता याम बहादुर खत्री वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्। घरमा आमा, छ महिनाकी बहिनी तथा बिरामी हजुरबुबा–हजुरआमा मात्रै रहेका कारण यो घटनाले परिवारमाथि थप पीडा थपिएको छ।

घटनापछि परिवारका सदस्यहरू स्तब्ध र विक्षिप्त अवस्थामा रहेको स्थानीयले बताएका छन्।
नौबहिनी गाउँपालिका–५ का वडा सदस्य कुलबहादुर के.सी.का अनुसार एक बालकको शव फेला परिसकेको छ भने बेपत्ता भएका अर्का बालकको खोजी कार्यलाई तीव्रता दिइएको छ।

यस हृदयविदारक घटनापछि सम्पूर्ण गाउँ शोकमग्न बनेको छ। स्थानीयवासीले वर्षायाममा बाढी तथा पहिरोबाट हुने जोखिम न्यूनीकरण, सुरक्षित आवतजावतको व्यवस्था तथा विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित खबर

सगरमाथा आधार शिविरबाट चमत्कारिक उद्धार : एक सातापछि जीवितै भेटिए दावा शेर्पा

काठमाडौं — सगरमाथा आधार शिविर नजिकको खुम्बु आइसफल क्षेत्रमा एक सातादे...

रेसुङ्गा–६ मा भीषण आगलागी, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा ठूलो क्षति टर्‍यो

गुलमी । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अन्तर्गत छाप र नेटाखर्क क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीका कारण स्थानीयवासी त्रसित बनेका थिए भने बस्तीमा क्षति पुग्ने जोखिम बढेको थियो ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्मीबाट खटिएको...

ट्राफिक नियम उल्लंघनमा ५० हजारसम्म जरिवाना प्रस्ताव, ‘दुई वर्षमै सडक ठप्प हुन सक्छ’ : एसएसपी काफ्ले

काठमाडौं — ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई हालको भन्दा निकै कडा आर्थिक दण्डको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले नियम मिच्ने व्यक्तिलाई ५ हजारदे...

बेलायतमा नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला

काठमाण्डौँ । लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको हो । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका योमनको सुतेकै अवस्थामा ज्यान गएको उनीसँगै बस्ने मनोज कुँवरल...

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...