असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, करिब एक अर्बको कारोबार अपेक्षा
काठमाडौं, असार १२ — नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ मा मनाइने राष्ट्रिय धान दिवसका अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत हुने अनुमान गरेको छ। यसबाट करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने एसोसिएसनले जनाएको छ।
बिहीबार काठमाडौंमा आयोजित दही–चिउरा प्रवर्द्धन कार्यक्रममा एसोसिएसनले
असार १५ जस्ता मौलिक पर्वले नेपाली कृषि संस्कृति, दुग्ध उत्पादन र स्वदेशी वस्तुको
उपभोगलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको हो।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ नेपाली कृषि संस्कृतिसँग
जोडिएको मौलिक पर्व भएकाले यसले स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन र
उपभोग बढाउन सकारात्मक योगदान पुग्ने बताउनुभयो। उहाँले स्वदेशी दुग्ध उत्पादनको
प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त
गर्नुभयो।
अध्यक्ष दाहालले दुग्ध क्षेत्रको दिगो विकासका लागि किसानले उत्पादन गरेको
दूधको उचित मूल्य सुनिश्चित गर्नुपर्ने, समयमै भुक्तानीको व्यवस्था गर्नुपर्ने
तथा सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य
रहेको बताउनुभयो।
नेपालमा प्रत्येक वर्ष असार १५ मा दही–चिउरा खाने परम्परा रहिआएको छ। यही
परम्पराका कारण त्यस दिन दहीको माग उल्लेख्य रूपमा बढ्ने र यसले स्वदेशी डेरी
उद्योग तथा दुग्ध किसानलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा एसोसिएसनले गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नालामा ‘स्वच्छ दूध’ को सन्देश : विश्व दूध दिवस सप्ताहमा किसानसँग डेरी क्षेत्रको संवाद
काभ्रेपलाञ्चोकको ऐतिहासिक नाला क्षेत्रमा विश्व दूध दिवस २०८३ को अवसर पारेर “स्वच्छ दूध उत्पादन” विषयक एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । नेपाल डेरी ए...
उपभोक्ता अदालतमा मेडिकल सम्बन्धी उजुरी बढ्दो, ३२ उजुरीमध्ये १२ मेडिकल क्षेत्रकै
काठमाडौँ । पछिल्लो सयम उपभोक्ता अदालतमा स्वास्थ्य क्षेत्र वा मेडिकल सम्बन्धी उजुरीहरु बढ्दो क्रममा छन्। गत चैत्र २ गते गठन भई नौं महिना पुगेको उपभोक्ता अदालतमा हालसम्म ठगी सम्बन्धी कुल ३२ ओटा उजुरीहरु परेका छन् । जसमध्ये मेडिकल लापरबाहीका १२ वटा उ...
राजमार्गले चोला फेर्यो, हर्षले सास्ती बिर्सायो
राजमार्गले चोला फेर्यो, हर्षले सास्ती बिर्सायो
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै
काठमाडौँ । सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ । चिकित्सकहरूका...



