मङ्गल, ०३ चैत २०८२

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, करिब एक अर्बको कारोबार अपेक्षा

Main News Image

काठमाडौं, असार १२ नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ मा मनाइने राष्ट्रिय धान दिवसका अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत हुने अनुमान गरेको छ। यसबाट करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने एसोसिएसनले जनाएको छ।

बिहीबार काठमाडौंमा आयोजित दही–चिउरा प्रवर्द्धन कार्यक्रममा एसोसिएसनले असार १५ जस्ता मौलिक पर्वले नेपाली कृषि संस्कृति, दुग्ध उत्पादन र स्वदेशी वस्तुको उपभोगलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको हो।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ नेपाली कृषि संस्कृतिसँग जोडिएको मौलिक पर्व भएकाले यसले स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोग बढाउन सकारात्मक योगदान पुग्ने बताउनुभयो। उहाँले स्वदेशी दुग्ध उत्पादनको प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष दाहालले दुग्ध क्षेत्रको दिगो विकासका लागि किसानले उत्पादन गरेको दूधको उचित मूल्य सुनिश्चित गर्नुपर्ने, समयमै भुक्तानीको व्यवस्था गर्नुपर्ने तथा सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

नेपालमा प्रत्येक वर्ष असार १५ मा दही–चिउरा खाने परम्परा रहिआएको छ। यही परम्पराका कारण त्यस दिन दहीको माग उल्लेख्य रूपमा बढ्ने र यसले स्वदेशी डेरी उद्योग तथा दुग्ध किसानलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा एसोसिएसनले गरेको छ।

 

सम्बन्धित खबर

सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौँ । सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ । चिकित्सकहरूका...

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

एमालेमा हलचल, तर खुल्न डर

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

प्राणघातक रेबिजबाट कसरी बच्ने? जान्नुहोस् लक्षण र उपचार

मानव र पशु दुवैको ज्यान लिन सक्ने भयानक रोग 'रेबिज' आज पनि जनस्वास्थ्यको लागि...

राजमार्गले चोला फेर्‍यो, हर्षले सास्ती बिर्सायो

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

दीर्घरोगीले फ्लूबाट बच्न बढी सावधानी अपनाउनु पर्छ : डा घिमिरे

काठमाडौँ । जाडो बढेसँगै इन्फ्लुएन्जा फ्लूको जोखिम बढेको छ । फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्ने हुन्छ । जनरल...