मङ्गल, ०३ चैत २०८२

जुम्लाको टाम्टी केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

Main News Image

जुम्ला जिल्लाको टाम्टी क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC) अन्तर्गतको मापन अनुसार बिहान ५:३६ बजे स्थानीय मापन (एमएल) स्केलमा ४.१ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।

केन्द्रले भूकम्पको केन्द्रबिन्दु जुम्लाको टाम्टी क्षेत्रमा रहेको जनाएको छ। भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।

सम्बन्धित निकायका अनुसार हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। यद्यपि स्थानीय प्रशासन तथा सरोकारवाला निकायले अवस्थाबारे निगरानी जारी राखेका छन्।

सम्बन्धित खबर

जनमत साहित्य वाटिका महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न !

मिडियाबाजी डटकम काठमाडौँ कात्तिक २६ । ललितपुर । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष ,जनमत साहित्यिक मासिकका प्रधान सम्पादक,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षता एवम्...

दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन

काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...

कालिकोट र प्यूठानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा सुरक्षित रूपमा निष्क्रिय

कालिकोट र प्यूठान जिल्लाका दुई फरक स्थानमा फेला परेका शंकास्पद वस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय गरेको छ।

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि मन्त्रालयद्वारा छानबिन समिति गठन

कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले असन्तुष्टि जनाउँदै सडक आन्दोलन थालेपछि शिक्षा...