देवधार खोलाको दहमा डुबेर १४ वर्षीया आयुसाको दुःखद निधन
उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार (असार ३) देवधार निवासी आयुसा सदा दहमा पौडी खेलिरहेका बेला डुबेर बेपत्ता भएकी थिइन्। खोजीपछि उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक विष्णुबहादुर खड्का का अनुसार बालिकाको शव आवश्यक परीक्षणका लागि बुधबार राति नै उदयपुर जिल्ला अस्पताल ल्याइएको छ। हाल शव अस्पतालको शवगृहमा राखिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
स्रोत: रासस
एक्सप्रेस
सम्बन्धित खबर
कात्तिक २ गतेसम्मको बक्यौता नतिरे उद्योगको लाइन काट्ने प्राधिकरणको चेतावनी
नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने भएको छ । प्राधिकरणले बक्यौता नतिर्ने...
खानेपानीमा कर खारेजी र विद्युत् महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन
उपभोक्ता अधिकारकर्मीहरूले खानेपानीमा लगाइएको कर हटाउन तथा विद्युत् मह...
माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी (तस्वीरहरू)
माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी (तस्वीरहरू)१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू माइतीघरमा जम्मा भएका छन् ।
दिउँसो ३ बजेदेखि माइतीघर–बबरमहल क्षेत्रमा एमालेका कार्यक...
आज देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...
ट्राफिक नियम उल्लंघनमा ५० हजारसम्म जरिवाना प्रस्ताव, ‘दुई वर्षमै सडक ठप्प हुन सक्छ’ : एसएसपी काफ्ले
काठमाडौं — ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई हालको भन्दा निकै कडा आर्थिक दण्डको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले नियम मिच्ने व्यक्तिलाई ५ हजारदे...
यथार्थ बजेटतर्फ गण्डकी सरकार, आकार घट्दै कार्यान्वयनमा जोड
गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी...



