बाजुरामा दुई जनाको भिरबाट लडेर मृत्यु, ट्याक्टर दुर्घटनामा चालक घाइते
बाजुरा । जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ
भने एक जना घाइते भएका छन्।
बडीमालिका
नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको भिरबाट लडेर मृत्यु भएको छ। वनमा
घाँस काट्न गएका बेला उनी भिरबाट खसेका थिए। गम्भीर घाइते भएका दानीलाई उपचारका
लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
बाजुराले जनाएको छ।
त्यसैगरी, बडीमालिका नगरपालिका–६ कोर्धकी ६ वर्षीया जसना खड्काको पनि
भिरबाट लडेर ज्यान गएको छ। आमासँगै गाउँ नजिकैको वनमा घाँस काट्न गएकी उनी
चिप्लिएर भिरबाट खसेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
यता, बडीमालिका नगरपालिका–२ भौनेरामा ट्याक्टर दुर्घटना हुँदा
चालक दिपेन्द्र चौधरी घाइते भएका छन्। दुर्घटनापछि उनलाई उपचारका लागि जिल्ला
अस्पताल मार्तडीमा भर्ना गरिएको छ। उनको अवस्था उपचाररत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
रोल्पामा दुई वटा सकेट बम फेला, सुरक्षाटोलीद्वारा नियन्त्रणमा
रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा क्षेत्रमा दुई वटा सकेट बम फेला परेका छन्। पाछावाङ खोलामा जाली लगाउनका लागि खन्ने क्रममा मंगलबार बिहान मजदुरहर...
सीमा विवादले उग्र रूप लिँदा चार घाइतेको हेलिकप्टरमार्फत उद्धार
बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकाबीच सीमा क्...
विद्यालयमा आर्थिक अनियमितताको आरोप, अभिभावकद्वारा छानबिनको माग
मोरङ, रमाइलो — मोरङ जिल्लाको रमाइलोस्थित श्री जनसेवा माध्यमिक व...
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
जनमत साहित्य वाटिका महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ कात्तिक २६ । ललितपुर । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष ,जनमत साहित्यिक मासिकका प्रधान सम्पादक,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षता एवम्...



