मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

कालिकोट र प्यूठानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा सुरक्षित रूपमा निष्क्रिय

Main News Image
Mahir News add

कालिकोट र प्यूठान जिल्लाका दुई फरक स्थानमा फेला परेका शंकास्पद वस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै दुवै स्थानमा विशेष टोली परिचालन गरिएको थियो। प्राप्त सूचनापछि घटनास्थल पुगेको सेनाको टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाएर शंकास्पद वस्तुहरू डिस्पोज गरेको जनाएको छ।

कालिकोटको खाँडाचक्र नगरपालिका–१, मान्ममा एक स्थानीयको बारीमा शंकास्पद वस्तु देखिएपछि त्यसबारे सुरक्षा निकायलाई खबर गरिएको थियो। सूचना प्राप्त हुनासाथ पुगेको सेनाको टोलीले वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय बनाएको हो।

यस्तै, प्यूठानको नौबहिनी गाउँपालिका–६, लुङस्थित एक स्थानीयको घरमा पनि अर्को शंकास्पद वस्तु फेला परेको थियो। उक्त वस्तुलाई समेत कुनै मानवीय वा भौतिक क्षति हुन नदिई सेनाले सुरक्षित रूपमा व्यवस्थापन गरेको जनाएको छ।

शंकास्पद वस्तु फेला परेपछि दुवै क्षेत्रमा स्थानीयबासीहरूमा केही समय त्रासको अवस्था सिर्जना भएको थियो। सेनाको सक्रियतापछि अवस्था सामान्य बनेको बताइएको छ।

 

 

Mahir News add

सम्बन्धित खबर

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, मधेश...

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

विवाद चर्किएपछि एमालेले फिर्ता गर्‍यो मीनबहादुरको जग्गा प्रस्ताव

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ बाट प्राप्त जग्गा सहयोगको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ। सोमबार बसेको सचिवालय...

होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल

होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेलहोलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै...

दक्षिण एसियामा वन क्षेत्रको उपलब्धतामा नेपाल दोस्रो, बढ्दै छ हरियाली

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...