मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

रिट दर्ता अवरोधको विरोधमा नेपाल बारको प्रदर्शन, दिउँसै लालटिन बाल्ने निर्णय

Main News Image

अडियोमा सुन्नुहोस्

Mahir News add

काठमाडौं ।  नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै विरोध कार्यक्रम घोषणा गरेको छ । बारले न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

‎सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान सँग भेटघाटपछि बसेको बारको बैठकले सर्वोच्च अदालत प्रशासनबाट “अनपेक्षित गतिविधि र हर्कत” भएको निष्कर्ष निकालेको जनाएको छ ।

‎बारका महासचिव केदार कोइराला का अनुसार बार परिसरमा कानुन व्यवसायीहरूको उपस्थितिमा न्यायिक प्रक्रिया पारदर्शी बनाउन दबाबस्वरूप विरोध कार्यक्रम गर्न लागिएको हो ।

‎बारले सर्वोच्च अदालतमा दर्ताका लागि पुगेका रिट निवेदनहरू प्रशासनबाटै दरपीठ गरी फिर्ता पठाइएकाले न्याय प्राप्तिको मार्ग अवरुद्ध भएको ठहर गरेको छ । संविधान, न्याय प्रशासन ऐन र सर्वोच्च अदालत नियमावलीअनुसार कामु प्रधानन्यायाधीशबाट दर्ता गर्न आदेश दिइएको निवेदनसमेत प्रशासनले कार्यान्वयन नगरेको जानकारी आएको बारको भनाइ छ ।

‎यस्तै, प्रतिनिधिसभामा अदालतमा विचाराधीन विषयलाई लिएर केही सांसदहरूले दिएको अभिव्यक्तिप्रति पनि बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारले संविधानको धारा १०५ अनुसार विचाराधीन विषयमा संसदमा छलफल गर्न बन्देज रहेकाले त्यसको पालना हुनुपर्ने उल्लेख गरेको छ ।

‎बारले जेठ ५ गते दिउँसो १:१५ बजे नेपाल बार परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गरिने जनाएको छ । साथै प्रशासनको व्यवहारलाई “असाधारण र अप्राकृतिक” भन्दै यस्तो गतिविधि न्याय प्रणालीका लागि ऐतिहासिक भूलका रूपमा अभिलेखित हुने चेतावनी दिएको छ ।

‎साथै, संसदमा आएका विवादास्पद अभिव्यक्तिहरू संसदीय अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्याल को ध्यानाकर्षण गराइएको पनि बारले जनाएको छ ।

Mahir News add

सम्बन्धित खबर

गुल्मीका स्थानीय तहमा बेरुजु : धुर्कोट शून्य, मुसिकोट सबैभन्दा बढी

आजदेखि देशभर मौसम बदली, धेरै क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं देशका विभिन्न

खानेपानीमा कर खारेजी र विद्युत् महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन

उपभोक्ता अधिकारकर्मीहरूले खानेपानीमा लगाइएको कर हटाउन तथा विद्युत् मह...

ओरालो लागेकाहरुको एकतामा निकास छैन : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्...

ऐतिहासिक रेकर्डमा सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार सु...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...