जनकपुरको जिरोमाइल फलफूल मण्डी विवादः व्यवसायीको दुई महिनाको मोहलत माग, जग्गाधनीको तत्काल खाली गराउने अडान
जनकपुरधामको जिरोमाइलस्थित फलफूल मण्डीका व्यवसायीहरू बजार खाली गराउने प्रक्रियाविरुद्ध धर्नामा बसेका छन्। आँपको सिजन सुरु भइसकेको अवस्थामा वैकल्पिक व्यवस्थाबिनै तत्काल स्थान छाड्न दबाब दिइएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन्।
व्यवसायीहरूका अनुसार उनीहरू करिब दुई
दशकदेखि स्थानीय नवलकिशोर साहको आठ कठ्ठा जग्गा लिजमा लिएर फलफूलको थोक व्यापार
सञ्चालन गर्दै आएका छन्। अहिले बजार सार्नुपर्ने अवस्था आए पनि व्यवसाय व्यवस्थित
रूपमा अर्को स्थानमा स्थानान्तरण गर्न कम्तीमा दुई महिनाको समय आवश्यक रहेको
उनीहरूको भनाइ छ।
फलफूल तथा तरकारी व्यवसायी संघका
महासचिव भुवनेश्वर पुर्वेले अदालतको आदेशलाई सम्मान गर्दै बजार खाली गर्न तयार
रहेको बताए। तर आँपको मुख्य व्यापारिक सिजन चलिरहेका बेला तत्काल हटाइए
व्यवसायीहरू ठूलो आर्थिक संकटमा पर्ने उनको तर्क छ।
उनले राज्यका निकायबाट व्यवसायीका लागि
कुनै वैकल्पिक व्यवस्था नगरिएको गुनासो गर्दै प्रहरी प्रशासनले जग्गाधनीको पक्षमा
उभिएर डोजर प्रयोग गरी टहरा तथा अन्य संरचना हटाउने प्रयास गरेको आरोप लगाए। यही
कारण व्यवसायीहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए।
व्यवसायीहरूले बजारको सुरक्षित व्यवस्थापन,
उचित स्थानान्तरण र दीर्घकालीन
सञ्चालनका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने माग गरेका छन्। उनीहरूका
अनुसार बजार तत्काल बन्द गराइए २५० थोक व्यवसायीसहित करिब एक हजार मानिसको रोजगारी
प्रभावित हुनेछ।
यता जग्गाधनी नवलकिशोर साहले भने लामो
समयदेखि भाडा नबुझाएको कारण जग्गा खाली गराउनुपर्ने अवस्था आएको बताएका छन्। उनका
अनुसार विवाद अदालतसम्म पुगेको थियो र अदालतले बजार तत्काल खाली गराउन आदेश
दिइसकेको छ।
‘अदालतको फैसला कार्यान्वयन हुनु आवश्यक
छ। लामो समयदेखि भाडा नदिइएकाले अब थप ढिलाइ गर्न सकिने अवस्था छैन,’ साहले बताएका छन्।
यसबीच, बजार व्यवस्थापन र व्यवसायीहरूको
रोजगारी संरक्षणलाई ध्यानमा राख्दै समस्या समाधानका लागि सम्बन्धित पक्षबीच सहमति
खोज्नुपर्ने आवश्यकता देखिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अमरसिंह चोकका अवैध टहरा हटाइयो, महानगरद्वारा डोजर परिचालन
पाेखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोक क्षेत्रका सटर...
अनिश्चित विश्व अर्थतन्त्रबीच नेपालमा ३.८५ प्रतिशत आर्थिक वृद्धि अनुमान
काठमाडौं । विश्व अर्थतन्त्र सुस्त बन्दै गएको र विभिन्न क्षेत्रीय द्वन...
जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक
२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।
मंगलबार पार्टी के...
रिट दर्ता अवरोधको विरोधमा नेपाल बारको प्रदर्शन, दिउँसै लालटिन बाल्ने निर्णय
काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै विरोध कार्यक्रम घोषणा गरेको छ । बारले न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने...
किसानलाई मल अभाव नहुने दाबी, सांसदको दबाबपछि खरिद प्रक्रिया तीव्र बनाउन निर्देशन
काठमाडौँ — प्रतिनिधि सभाअन्तर्गत कृषि,
दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन
काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...



