मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

जनकपुरको जिरोमाइल फलफूल मण्डी विवादः व्यवसायीको दुई महिनाको मोहलत माग, जग्गाधनीको तत्काल खाली गराउने अडान

Main News Image
Mahir News add

जनकपुरधामको जिरोमाइलस्थित फलफूल मण्डीका व्यवसायीहरू बजार खाली गराउने प्रक्रियाविरुद्ध धर्नामा बसेका छन्। आँपको सिजन सुरु भइसकेको अवस्थामा वैकल्पिक व्यवस्थाबिनै तत्काल स्थान छाड्न दबाब दिइएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन्।

व्यवसायीहरूका अनुसार उनीहरू करिब दुई दशकदेखि स्थानीय नवलकिशोर साहको आठ कठ्ठा जग्गा लिजमा लिएर फलफूलको थोक व्यापार सञ्चालन गर्दै आएका छन्। अहिले बजार सार्नुपर्ने अवस्था आए पनि व्यवसाय व्यवस्थित रूपमा अर्को स्थानमा स्थानान्तरण गर्न कम्तीमा दुई महिनाको समय आवश्यक रहेको उनीहरूको भनाइ छ।

फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव भुवनेश्वर पुर्वेले अदालतको आदेशलाई सम्मान गर्दै बजार खाली गर्न तयार रहेको बताए। तर आँपको मुख्य व्यापारिक सिजन चलिरहेका बेला तत्काल हटाइए व्यवसायीहरू ठूलो आर्थिक संकटमा पर्ने उनको तर्क छ।

उनले राज्यका निकायबाट व्यवसायीका लागि कुनै वैकल्पिक व्यवस्था नगरिएको गुनासो गर्दै प्रहरी प्रशासनले जग्गाधनीको पक्षमा उभिएर डोजर प्रयोग गरी टहरा तथा अन्य संरचना हटाउने प्रयास गरेको आरोप लगाए। यही कारण व्यवसायीहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए।

व्यवसायीहरूले बजारको सुरक्षित व्यवस्थापन, उचित स्थानान्तरण र दीर्घकालीन सञ्चालनका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार बजार तत्काल बन्द गराइए २५० थोक व्यवसायीसहित करिब एक हजार मानिसको रोजगारी प्रभावित हुनेछ।

यता जग्गाधनी नवलकिशोर साहले भने लामो समयदेखि भाडा नबुझाएको कारण जग्गा खाली गराउनुपर्ने अवस्था आएको बताएका छन्। उनका अनुसार विवाद अदालतसम्म पुगेको थियो र अदालतले बजार तत्काल खाली गराउन आदेश दिइसकेको छ।

अदालतको फैसला कार्यान्वयन हुनु आवश्यक छ। लामो समयदेखि भाडा नदिइएकाले अब थप ढिलाइ गर्न सकिने अवस्था छैन,’ साहले बताएका छन्।

यसबीच, बजार व्यवस्थापन र व्यवसायीहरूको रोजगारी संरक्षणलाई ध्यानमा राख्दै समस्या समाधानका लागि सम्बन्धित पक्षबीच सहमति खोज्नुपर्ने आवश्यकता देखिएको छ।

 

Mahir News add

सम्बन्धित खबर

स्वास्थ्य मन्त्रालयमा झण्डै २ अर्ब बेरुजु, आर्थिक अनुशासनमा गम्भीर प्रश्न

महालेखापरीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनले स्वास...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

टिकापुर तालिमका क्रममा बेहोस भएका ६ सशस्त्र प्रहरी उपचारका लागि काठमाडौं ल्याइँदै

कैलालीको टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व

खगेन्द्रलाई तोकियो पचास हजार धरौटी!

मिडियाबाजी डटकम काठमाडौँ कात्तिक १३ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।

अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिह...

लिचिबारी भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गुप्तासँग सर्वोच्चद्वारा ५० लाख धरौटी माग

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...