बजेटपछि सुनको मूल्यमा ठूलो उछाल, तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला २० हजार ५०० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी
व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा
कारोबार भएको छापावाल सुन आइतबार बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ।
सरकारले आर्थिक वर्ष
२०८३/८४ को बजेटमार्फत सुन, चाँदी तथा हिराजन्य
गहनामा लाग्ने कर र भन्सार शुल्कमा संशोधन गरेपछि बजारमा सुनको मूल्य उच्च दरले
बढेको अनुमान गरिएको छ।
बजेटमा गरिएको नयाँ
व्यवस्थाअनुसार सुन र चाँदीमा समान रूपमा २० प्रतिशत भन्सार शुल्क तथा हिरामा ५
प्रतिशत भन्सार दर कायम गरिएको छ।
यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ३०५
रुपैयाँले महँगिएर ५ हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि
शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा किनबेच भएको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन तथा चाँदी दुवैको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधब...
म्याग्दीको राहुघाटमा ८४ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण सम्पन्न
काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ । घुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत...
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा...
आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।
पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार
पर्वत । खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको कारोबारबाट रु ६५ करोड ३० लाख बढी भित्रिएको छ। मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१र८२ मा स...
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएक...


