फागुन २१ का निर्वाचनमा उम्मेदवार नबन्ने विश्वप्रकाश शर्माको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। बिहीबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले उम्मेदवार नबन्ने बताएका हुन् । ‘लगातार ३ पटकसम्म उम्मेदवार बनिसकेकाले यो पटक उम्मेदवार बन्दिन भनेर झापाको मेरो क्षेत्रका साथीहरूलाई भनिसकेको छु । गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, अबको चुनावमा देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्नेछु’शर्माले भनेका छन् ।
पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो । तर, उनले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी हुन् जेनजी : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक संसद विघटनमा भूमिका खेल्नेले अहिले पुनः स्थापनाको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । शनिबार पेरिसडाँडास्थित पार्टी का...
संसद पुनर्स्थापना हुँदैन, चुनावतिरै जानुपर्छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन् । नेकपा केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा ९एमाले० प...
आज बस्दै एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । बि...
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्डसाइटतर्फ जान थालेक...
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन
काठमाडौँ । नेकपा एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि...
आयोजना बैंकमा परेका योजनामात्रै समेट्ने लुम्बिनी सरकारको नीति
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा सूचीकृत योजनामात्रै बजेट तथा कार्यक्रममा समावेश गर्ने नीति अघि सारेको छ। बिहीबार सम्पन्न प्रदेश समन्वय परिषद्को आठौं बैठकले आ...


