मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५८ पर्यटकको मृत्यु, अधिकांश भारतीय
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ मा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका छन्।
जिल्ला प्रहरी
कार्यालय मुस्ताङको अभिलेखअनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आर्थिक वर्ष २०८२/८३
को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका छन्।
प्रहरी निरीक्षक
सन्तोष बस्याल का अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६ जना, २०७९/८० मा १२ जना, २०८०/८१ मा १४ जना, २०८१/८२ मा १३ जना तथा चालु आर्थिक वर्ष
२०८२/८३ को जेठ १५ गतेसम्म १३ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ।
उच्च हिमाली
क्षेत्रमा उकालो चढ्दै जाँदा हावामा अक्सिजनको मात्रा कम हुने भएकाले लेक लाग्ने
समस्या देखिने गर्छ। पर्याप्त सावधानी नअपनाउँदा यसले ज्यानसमेत लिन सक्ने
चिकित्सकहरूले बताएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
नालामा ‘स्वच्छ दूध’ को सन्देश : विश्व दूध दिवस सप्ताहमा किसानसँग डेरी क्षेत्रको संवाद
काभ्रेपलाञ्चोकको ऐतिहासिक नाला क्षेत्रमा विश्व दूध दिवस २०८३ को अवसर पारेर “स्वच्छ दूध उत्पादन” विषयक एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । नेपाल डेरी ए...
केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी
वरिष्ठ सौन्दर्यविद् महराद्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन
काठमाडौँ । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।
वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी...
स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक
नेपालको मौसम आज बदली
प्राणघातक रेबिजबाट कसरी बच्ने? जान्नुहोस् लक्षण र उपचार
मानव र पशु दुवैको ज्यान लिन सक्ने भयानक रोग 'रेबिज' आज पनि जनस्वास्थ्यको लागि...


