रास्वपामा पदाधिकारी चयनको प्रतिस्पर्धा रोचक, उपसभापतिमा स्वर्णिम निर्विरोध हुने निश्चितजस्तै
चितवन, १२ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन रोचक बनेको छ। खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुने निश्चितजस्तै भएको छ।
महिला उपसभापति पदका लागि भने सोविता
गौतम र डा. तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।
महामन्त्री पदका लागि सुरुआतमा १० जनाले
उम्मेदवारी दिएका थिए। उम्मेदवारहरूमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी,
प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल (ललितपुर), रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य रहेका
थिए। तर अन्तिम समयमा बुर्लाकोटी र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएको घोषणा
गरेका छन्।
दुई सहमहामन्त्री पदका लागि ११ जनाको
प्रतिस्पर्धा कायम छ। उम्मेदवारमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त रहेका छन्।
महिला सहमहामन्त्री पदका लागि जुली यादव,
जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले
उम्मेदवारी दिएका छन्।
पार्टीका अनुसार खुला उपसभापति बाहेक
अन्य सबै पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेकाले सहमतिबाट नेतृत्व चयन गर्ने
प्रयास जारी छ। सहमति हुन नसके निर्वाचनमार्फत पदाधिकारी चयन गरिनेछ।
रास्वपाको विधानअनुसार पहिलो चरणमा
निर्वाचित ९९ जना केन्द्रीय सदस्यले मात्र दोस्रो चरणको निर्वाचनमा मतदान गर्न
पाउने व्यवस्था छ।
पार्टी निर्वाचन आयोगका प्रमुख भुवन
केसीले पदाधिकारी चयनका लागि सहमतिको प्रयास भइरहेको जानकारी आएको भए पनि आयोगले
निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिरहेको बताएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
सर्वोच्चले माग्यो प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । राजदूत फिर्ता सम्बन्धी आदेश पालना नगरेको भन्दै अधिवक्ता डा। प्रेमराज सिलवालले प्रधानमन्त्र...
रास्वपाको विस्तारित बैठक : घोषित मितिमा निर्वाचन गर्न जोड
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुईदिने विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारी...
प्रचण्डको सचिवालयले भन्यो : कुनै दलसँग एकता टुङ्गो लागेको छैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले हालसम्म कुनै पनि दलसँग एकता गर्ने निर्णय नभएको स्पष्ट पारेको छ । हाल माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सहितका दलहरूसँगक...
परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः प्रचण्ड
चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् ।
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त...
एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७-२९ मा बस्ने
काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७ देखि २९ गतेसम्म बस्ने भएको छ । काठमाडौँमा भएको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले बैठकको मिति प्रस्ताव गरेका हुन् । उनले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठ...



