मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

विद्युतीय युगतर्फ तत्काल फड्को सम्भव छैन, पूर्वाधार सुदृढीकरण आवश्यक : प्रधानमन्त्री शाह

Main News Image
Mahir News add

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले हालको विद्युत् पूर्वाधारको सीमित क्षमताका कारण नेपाललाई तत्काल पूर्ण रूपमा विद्युतीय युगमा रूपान्तरण गर्न नसकिने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले देशभर एकैपटक विद्युतीय चुल्हो तथा इन्डक्सन प्रयोग गरी खाना पकाउने अवस्था आएमा विद्यमान ट्रान्सफर्मर र सब-स्टेशनहरूले अतिरिक्त भार धान्न नसक्ने बताए। उनका अनुसार विद्युत् वितरण प्रणालीको क्षमता विस्तार नगरी व्यापक विद्युतीय प्रयोगलाई प्रोत्साहन गर्दा प्राविधिक समस्या उत्पन्न हुन सक्छ।

प्रधानमन्त्री शाहले नेपाल विद्युत् प्राधिकरणको पूर्वाधार विस्तार तथा क्षमता अभिवृद्धिका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गरे। यही उद्देश्यलाई ध्यानमा राख्दै आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत् क्षेत्रमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको उनको भनाइ थियो।

उनले उक्त करबाट संकलित रकम विद्युत् प्रणालीको स्तरोन्नतिमा खर्च गरिने स्पष्ट पार्दै ट्रान्सफर्मर अपग्रेड, सब-स्टेशन विस्तार तथा विद्युत् प्रसारण र वितरण लाइनका तारहरूको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रधानमन्त्री शाहले बलियो र भरपर्दो विद्युत् पूर्वाधार निर्माणपछि मात्रै देशलाई दिगो रूपमा विद्युतीय युगतर्फ अघि बढाउन सकिने धारणा व्यक्त गरे।

 

Mahir News add

सम्बन्धित खबर

निर्वाचन आयोगद्वारा आगामी निर्वाचनमा पर्यवेक्षणका लागि निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरूबाट निवेदन आह्वान गरेको छ ।

कानूनका भाषा र ढाँचाहरूमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कानून निर्माणको ढाँचा, शब्द आदीको विषयमा एकरुपता ल्याउनको लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिएको बताएका छन् । आइतबार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजि...

काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन गर्‍यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व

काठमाडौँ । चालु आर्थिक वर्ष आव २०८२, ८३ को कात्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ । गतवर्षको सोही अबधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ रा...

सेनाले आफ्नो मोबाइल सिज गरिदिएको ओलीको खुलासा

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष रहेका ओलीले सो जनाकारी गराएका हुन् ।

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोक...

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ ।

निर्वाचनसम्बन्धी प्रचल...