उत्तरी चीनको कोइला खानी विस्फोटमा ८२ जनाको ज्यान गयो
उत्तरी
चीनमा रहेको एक कोइला
खानीमा भएको भीषण ग्यास
वस्फिोटमा कम्तमिा ८२ जनाको मृत्यु
भएको छ भने नौ
जना अझै बेपत्ता रहेका
छन्। चीनको सरकारी सञ्चारमाध्यमले
उक्त जानकारी सार्वजनकि गरेको हो।
समाचार
एजेन्सी सिन्ह्वाका अनुसार शान्सी प्रान्तस्थित टोङ्झाउ समूहअन्तर्गतको लिउशेन्यु कोइला खानीमा शुक्रबार
साँझ स्थानीय समयअनुसार ७:२९ बजे
विस्फोट भएको थियो। दुर्घटनाका
बेला खानीभित्र २४७ जना कामदार
कार्यरत रहेको बताइएको छ।
घटनापछि
ठूलो संख्यामा उद्धार टोली परिचालन गरिएको
छ। चीनको आपतकालीन व्यवस्थापन
मन्त्रालयले उद्धार तथा खोजी कार्यलाई
तीव्र बनाउन ३४५ जना
उद्धारकर्मी घटनास्थलमा पठाइएको जनाएको छ।
राज्य
सञ्चालित सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको दृश्यमा घटनास्थलमा
उद्धारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूको बाक्लो
उपस्थिति देखिएको छ। बेपत्ता कामदारहरूको
खोजी कार्य अझै जारी
रहेको अधिकारीहरूले बताएका छन्।
चीनमा
सन् २००० को दशकको
सुरुवाततिर कोइला खानी दुर्घटनाहरू
सामान्य मानिन्थ्यो। पछिल्ला वर्षहरूमा भने सरकारले सुरक्षा
मापदण्ड कडा बनाएपछि यस्ता
घटनामा कमी आएको बताइन्छ।
एक्सप्रेस
सम्बन्धित खबर
रियोको आकाशमा दुर्घटना : दुई हेलिकोप्टर ठोक्किँदा ६ जनाको मृत्यु, २० गाडी जले
काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा आइतबार बिहान दुई हेलिकोप्टर आकाशमै एक–आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जनाको ज्यान गएको छ। दुर्घटनापछि दुवै हेलिकोप्टर सहरको पश्चिमी क्षेत्रमा रहेको एक इलेक्ट्रिक गाडी डिलरसि...
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
टोलेडोको सामुदायिक उत्सवमा गोलीकाण्ड, १२ जना घाइते
अमेरिकाको Ohio राज्यस्थित ...
भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
लेबनानमा इजरायली बमबारी तीव्र: एकैदिन १८ को मृत्यु, युद्धविराम कागजमै सीमित
.दक्षिणी र पूर्वी लेबनानमा इजरायली सेनाले बमबारी तीव्र पारेसँगै मानवीय सङ्कट थप गहिरिएको छ। पछिल्लो हवाई आक्रमणमा मात्रै दुई बालिका र एक महिलासहित १८ जनाले ज्यान गुमाएका छन् भ...



